पोखरा पुगेर ईश्वर पोखरेलले भनेः धारा २७४ संशोधन गरेर संविधान संशोधन प्रस्ताव ल्याउनुपर्छ

Share:

पोखरा, ३ पुस-
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सरकारले असंवैधानिक र जनभावना विपरीत संसद्मा विधान संशोधन प्रस्ताव दर्ता गरेको जनाउँदै त्यो कुनै हालतमा परित नहुने बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले संविधानको धारा २७४ संशोधन गरेर मात्र संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई चुनौती दिए ।

पहाड र मधेसका बीचमा सामाजिक सद्भाव कायम गर्दै मुलुकलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताउँदै उनले प्रदेश नं ५ का पहाडी जिल्ला चार नं मा गाभ्नुपर्ने माग कसैको पनि नभएको जिकिर गरे ।

“सरकारलाई प्रस्ताव फिर्ता लिन अप्ठेरो परे संसद् स्थगन गरेर अगाडि बढ्न सकिन्छ” उनले भने,“ मुलुकमा एक वर्षभित्र तीन वटै तहको निर्वाचन गरेर संविधान कार्यान्वयतर्पm लाग्नुपर्छ । ”

एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वाभिमानका लागि पार्टी कहिल्यै पछि नपर्ने बताउँदै एमाले प्रतिपक्षमा रहेर निर्वाचनमा जान तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: