
पुस ४ गते–
रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरुलाई समयमा तलब नदिने,चाहिएको समयमा एक्जीट भिसा नदिएर दुःख दिने २६ वटा कम्पनीलाई कालोसूचीमा राखिएको छ।
रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरुलाई समयमा तलब नदिने,चाहिएको समयमा एक्जीट भिसा नदिएर दुःख दिने २६ वटा कम्पनीलाई कालोसूचीमा राखिएको छ।
नेपालीहरुलाई दुःख दिने साउदी अरबका रोजगारदाता कम्पनीहरुको पहिचान गरी त्यस्ता कम्पनीमा कामदार नपठाउन र श्रमस्वीकृति नदिनको लागि वैदेशिक रोजगार व्यावसायी संघले सरकारलाई सुझाव दिएको महासचिव रोहन गुरुङले जानकारी दिए।
साउदी अरब स्थित २६ वटा रोजगारदाता कम्पनीले आर्थिक मन्दी लगाएतका कारण देखाई नेपाली कामदारलाई संघले त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्न सुझाव दिएको उनले बताए।
गएको केही समय अगाडिदेखि साउदी अरबमा रहेका नेपाली कामदारहरु निरन्तररुपमा समस्यमा रहेको खबर आएपछि श्रम तथा रोजगार मन्त्तालय,बैदेशिक रोजगार विभाग र व्यावसायी संघले त्यस्ता कम्पनीको खोजी गरी समस्या समाधान नहुन्जेल त्यस्ता कम्पनीमा कामदार पठाउन बन्द गर्ने निर्णय गरेका थिए।
उक्त निर्णयअनुसार संघले विभागलाई समस्यामा परेका कामदारको संख्या र कम्पनीको नामसहितको सूची विभागलाई बुझाएपछि विभागले पूर्व र अन्तिम स्वीकृति दिन बन्द गर्ने निर्णय गरिसकेको प्रवक्ता रमा भट्टराईले जानकारी दिइन्।
गएको एकवर्षदेखि साउदी अरबमा नेपाली कामदारहरु तलब नपाउने,स्वदेश आउने भिषा पनि नपाएर त्यही बिचल्लीमा पर्ने गरेका छन्। कतिपय कम्पनीमा काम गर्ने नेपालीहरु त भोकभोकै पर्ने गरेको र उक्त समस्या दिनानुदिन बढ्दै गएको छ।
‘नेपाली कामदारलाई दुःख दिने,समयमा तलब नदिने तोकिएअनुसारको सेवासुविधा उपलब्ध नराउने २६ वटा कम्पनीहरुलाई हामीले तत्कालको लागि कालोसूचीमा राखेका छौं’ भट्टराईले भनिन्‘त्यस्ता कम्पनीमा समस्या समाधान नहुन्जेल नेपाली कामदार पठाउन बन्द गरिसकेका छौं।’
यस्तै यो सूचीमा नेपाली कामदारले दुःख दियो भनेर दुतावासमा उजुरी दिएमा सो उजुरी वास्तविक भएमा त्यस्ता कम्पनी थपिँदै जाने भट्टराईले बताइन्।
त्यस्तै कन्ट्रयाक्टर कम्पनीले कामदार लिँदा उसले कुन कम्पनीमा काम लगाउने हो र उक्त कम्पनीले कस्तो सेवा सुविधा दिन्छु भनेर सम्झौता गरेको उक्त कुरा श्रमस्वीकृति लिँदा अनिवार्य पेश गर्नुपर्ने व्यवस्था विभागले गरेको छ।
कमेन्ट गर्नुहोस्
