ग्राण्डी अस्पतालमा उपचार गराईरहेका पोखराका गायकलाई ६७ हजार सहयोग

Share:

पोखरा, ५ पुस-
सामुदायिक मेलमिलापकर्ता समाज कास्कीको सक्रियतामा बिरामी भएर उपचार गराइरहेकासामुदायिक मेलमिलाप समिति हेमजाका संयोजक लालबहादुर गायकलाई रु ६७ हजार ५०० सहयोग गरिएको छ ।

समुदायमा मेलमिलाप कार्यमा सक्रिय रहँदै आएका ५४ वर्षीय गायक मुटु लगायत स्वास्थ्य समस्याका कारण काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन् ।

सामुदायिक मेलमिलापकर्ता समाज कास्कीका संयोजक प्रतिभा अधिकारीले गायकलाई समाजका तर्फबाट रु २० हजार र अन्य सहयोग जिल्लास्थित सिद्ध, ढिकुरपोखरी, पोखरा उपमहानगरपालिका, सार्दी खोला, लेखनाथ, कृस्ती, रुपाकोट र भरतपोखरीका सामुदायिक मेलमिलाप समिति मार्फत उपलब्ध गराइएको हो ।

कास्की जिल्लामा २०६० सालदेखि सामुदायिक मेलमिलाप सेवा सञ्चालन हुँदै आएको छ । समुदायस्तरका विवाद प्रहरी चौकी एवम् अदालतसम्म नपुर्याउने उद्देश्यका साथ समाज एवम् स्थानीय समिति क्रियाशील बनेको छ ।

कमेन्ट गर्नुहोस्
Share: