
पुस ५ गते-
टर्कीमा रहेका रुसका राजदूतको गोली हानी हत्या भएको छ । टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको टर्कीका एक प्रहरी अधिकारीले गोली हानी हत्या गरेका हुन् । राजधानी अंकारामा रहेको आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषणका लागि मञ्चमा जान लागेका राजदूत कार्लोफमाथि २२ वर्षका प्रहरी अधिकारी मेवलुत मेर्त एडिन्टासले गोली हानेका हुन् ।
एडिन्टास अंकारा दंगा प्रहरीमा कार्यरत थिए । एडिन्टास जवाफी कारवाहीमा मारिएको टर्कीका सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिरियामा भइरहेको संघर्षमा रुसले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थन गरेको विरोधमा टर्कीमा प्रदर्शन हुँदै गएको छ ।
सिरिया युद्धमा रुसी समर्थनको विपक्षमा रहेका ति प्रहरी अधिकारीले
राजदूत कार्लोफको हत्या गरेको हुन सक्ने अनुमान छ ।
