कन्दरा ब्याण्ड ४० दिने सांगीतिक यात्रा सकेर अष्ट्रेलियाबाट नेपाल फर्कियो

Share:

पोखरा, ५ पुस-
नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा पहिलो पटक आफ्नो ४० दिने सांगेतिक यात्रा सकेर मंगलबार स्वदेश फर्किएको छ ।
एन.आर.एनए अष्ट्रेलिया र एम्बेसी अफ नेपाल कन्सोलेट जनरल अफ (एन.एस.डब्लु) को आयोजनामा अष्ट्रेलिया प्रस्थान गरेको ब्याण्डले अष्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिजबेन एडिलेट, क्यानभेरा लगाएतका शहरहरुमा नेपाल फेस्टिबल अन्तर्गतका कार्यक्रमहरुमा आफ्नो लाइभ कन्र्सट प्रस्तुत गरेकोे ब्याण्डका भोकलिष्ट बिबेक श्रेष्ठले जानकारी दिनुभयो ।
अष्ट्रेलियामा नेपालीहरुको उत्साहजनक उपस्थिति र सद्धावले आँफुहरुमा थप ऊर्जा थपेको ब्याण्डका ड्रमर सुनिल थापाले बताउनुभयो । सांगेतिक यात्रा लागि ब्याण्डका बुद्ध बर्जाचार्य किबोड, अमित गुरुङ्ग गितार, अशिम शेरचन गितार, अनिल गुरुङ्ग बेस गितार, अभिनास गायक मादल, सुनिल थापा ड्रमर र गायक बिबेक श्रेष्ठ अष्टे«लिया गएका थिए ।
अब कन्दरा ब्याण्डले आफ्नो सांगितिक यात्रालाई निरन्तरता दिने बताएको छ । नेपाल फेस्टिबल अन्र्तगतको यो सांगितिक प्रस्तुती ऐतिहासिक भएको आयोजकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: