
पोखरा, ७ पुस–
पोखराको लेकसाइडमा प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिल क्रिसमस र अंग्रेजी नयाँ बर्षको अबसरमा विशेष साङगितिक साझँको आयोजना गरेको छ । क्रिसमसको अवसरमा डिसेम्बर २४ अर्थात् पुस ९ गते क्रिसमस इभ पार्टी आयोजना गरेको प्याराडिसो स्पोटर््स बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए ।
क्रिसमस इभ विशेष पार्टीमा डिजे आशिष, मिसिरियस (राज कुमार ) र सधै जस्तै बारका कलाकारको विशेष प्रस्तुती रहने उनले जानकारी दिए । पार्टी साझँ ५ देखि सुरु हुने पार्टीमा राती सम्म चल्लने छ । त्यस्तै अंग्रेजी नयाँ बर्षको अबसरमा डिसेम्बर ३१ गते साझँ पनि विशेष कार्यक्रमको आयोजना गरेको उनले बताए । सो साझँमा डिजे आशिष, मिसिरियस (राज कुमार) का साथमा आवाज व्याड, सुजि शाह, प्रमोद जस्वाल लगाएतको प्रस्तुती रहने उनले बताए ।
बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ। उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।
