ट्राफिकको जरिवाना दस्तुर अबदेखि बैकिंङ प्रणालीमा

Share:

पोखरा, पुष ७, शर्मिला शर्मा ।
ट्राफीक चेकिंङका क्रममा गल्ती गर्ने सवारी चालकले अबदेखि बैकिंङ प्रणालीबाट जरिवाना तिर्नेगरि नयाँ प्रणाली लागु गरिएको छ ।
नेपाल प्रहरी ट्राफीक प्रहरी महाशाखाले जरिवाना दस्तुर तोकीएको बैकमा रहेको प्रहरीको खातामा जम्मा गरेपछि नियन्त्रणमा लिईएको लाईसन्स या बिलबुक चालकलाई फिर्ता दिने नियम लागु गरेको हो । यस्तो प्रणाली सुरुमा केही झन्झटिलो लागेपनि प्रहरीबाट हुने अनियमितता कम गर्न सहयोग पुग्ने महाशाखाको दावि छ ।
पोखरामा पनि १५ दिनका लागि परिक्षणका रुपमा यो सेवा सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रमुख तथा प्रहरी ईन्शपेक्टर विश्वराज अधिकारीले जानकारी दिए । चेकिंङको क्रममा उठेको रकमको अनियमियता भएको भन्दै आलोचना बढेपछि बैकिंङ प्रणालीबाट जरिवानालाई ब्यबस्थित तरिकाले नेपाल सरकारको राजस्वमा बुझाउन थालेको विश्वराज अधिकारी बताए ।
सवारी चेकजाँचका क्रममा गल्ती भेटिएका सवारीसाधन तथा सवारी चालकहरु लाई तत्काल प्रहरीले कागजपत्र जफत गरि २४ घण्टे चिट दिन्छ । उक्त चिटमा उल्लेख भएको जरिवाना रकम संबन्धीत बैकमा बुझाएर भौचर ल्याए पछि कागजपत्र लैजान सक्ने प्रहरीले बतााएको छ ।
यस अघि चेकिंङको क्रममा नै टाफिकलाई जरिवाना रसिद काटेर रकम बुझाएपछि आफनो सवारी साधनको कागजपत्र लान सकिन्थ्यो । यसो गर्दा पारदर्शितामा प्रश्न उठ्ने गरेको थियो । ।
यो प्रणाली पनि झन्झटिलो हुन सक्ने अनुमान गरिएको छ । बैकमा रकम दाखिला गर्ने सिष्टम सुरुमा १५ दिन परिक्षणका लागि सुरु गरिएको भएपनि यसको प्रभावकारीताको आधारमा अगाडी बढ्ने प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: