बास्किन रोविन्स आइसक्रिम: न्यूरोड र लेकसाइडमा पनि

Share:

पोखराको सेन्टरपोइन्ट लेकसाइडमा तीन वर्ष अघि अमेरिकी ब्राण्डको बास्कीन रोविन्स आइसक्रिम बेच्दै आएको बुद्ध आई इन्टरनेशलनले न्यूरोड र लेकसाइडको फुट ट्रयाकमा दुई नयाँ आउटलेट संचालनमा ल्याएको छ ।

पर्यटकिय नगरी पोखरामा अधिकांश पर्यटकले बास्कीन रोविन्स आइसक्रिमको स्वाद लिन नपाएको गुनासोलाई मध्यनजर गर्दै बुद्ध आई इन्टरनेशनले सो ब्राण्डको आइसक्रिमलाई पोखरा भित्र्याएको म्यानेजिङ डाइरेक्टर ओम उपाध्यायले जानकारी दिए । ३१ वटा फेलेवर रहेको उक्त आइसक्रिममा विशेष गरी पर्यटकहरुले कटन क्याण्डी, ब्लु बेरी, बटर स्क्रच, ब्लाक करेन्ट, फ्रुट ओभरलोड लगायतको स्वादलाई बढि मन पराउने गरेको उनले बताए ।

15683283_1590774867615771_97017140_n

आईसक्रिमको स्क्रुप मात्र नभई विभिन्न भेराइटिको मिश्रण गरी म्याङगो ट्याङगो, सन डे, मिल्क सेक, आइसक्रिम सोडा, आइसक्रिम प्लोड, आइसक्रिम फ्रिज, स्मुधि, लगायतका आइटमहरु उपलब्ध छन् भने उक्त आइसक्रमिको मुल्य १सय ३० देखि ४ सय २० सम्ममा रहेको उपाध्यायले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: