
पुस ९ गते–
शुक्रबार दुबइमा आयोजना भएको ‘नवौ नेफ्टा फिल्म अवार्ड’मा उत्कृष्ट चलचित्रको अवार्ड ‘पशुपति प्रसाद’ले पायो । समारोहमा पुगेर पनि यसका निर्देशक दीपेन्द्र के खनाल अवार्ड लिन स्टेजमा पुगेनन् ।
दीपेन्द्र स्टेजमा नगएपछि कलाकार दीपकराज गिरी अवार्ड लिन स्टेजमा पुगेका थिए । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रले उत्कृष्ट चलचित्रको मात्र अवार्ड पायो । जबकी, निर्देशन विधाको अवार्ड भने चलचित्र ‘वडा नम्बर ६’बाट उज्ज्वल घिमिरेले पाए । चलचित्र उत्कृष्ट हुनका लागि अन्य केहि महत्वपूर्ण विधामा पनि उत्कृष्ट हुनुपर्छ । निर्देशक खनालले आफुनो ‘इथिक्स’ले नदिने भन्दै अवार्ड लिन नगएको वुझिएको छ ।
यो बर्ष आयोजना भएका अधिकांश अवार्डमा दीपेन्द्र उत्कृष्ट निर्देशनको विधामा पुरस्कृत हुँदै आएका छन् । उनले यसैबर्ष आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेका थिए ।
तर, विदेशमा आयोजना गरेतापनि मनोमानी ढंगल अवार्ड वितरण गरिएको नेफ्टाको नवौ संस्करण चर्को विवादमा पर्ने देखिएको छ । अनलाइनखबरबाट ।
