
पोखरा, ९ पुस-
‘पर्यटन, खेलकुद र संचार पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने मूलनाराका साथ पोखरा न्यूज डटकमको आयोजनामा पोखरामा मैत्रीपूर्ण संस्थागत फुटसल प्रतियोगिता सुरु भएको छ ।
विभिन्न संघसंस्थाबीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले आयोजित प्रतियोगिता पोखरा ११, फूलबारीस्थित टप कर्नर फुटसलमा २ दिनसम्म चल्ने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । प्रतियोगितामा १५ टीमले भाग लिएका छन् ।
प्रतियोगिता उद्घाटन गर्दै उद्योगपति तथा समाजसेवी सूर्यबहादुर केसीले नयाँ नयाँ सम्भावनाको खोजी गरिनुपर्ने बताए । उनले संचारजगत्ले यसखालको प्रतियोगिता गरेकोमा आफूलाई पनि उत्साहित बनाएको बताए । राष्ट्रियता जोगाउन कठिन भएको भन्दै उनले पहाड र तराईबीच विभेदको खाडल हुन नहुनेमा जोड दिए ।
उक्त अवसरमा मोडर्न इरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । दुई दशक बढीदेखि यातायात क्षेत्रमा आवद्ध रही अत्याधुनिक बस सेवा संचालन गरी आन्तरिक एवं बाह्य पर्यटक पोखरामा भित्राउन सहयोग पु¥याएकोमा कदरस्वरुपलाई उनलाई प्रमुख अतिथि केसीले दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका थिए । २०६४ देखि पोखरा–दिल्ली सिधा बस सेवा संचालन गरेका अधिकारीले पछिल्लो समय आफ्नै प्रयासमा नेपाल–भारत मैत्री बस सेवा संचालन गर्नुका साथै पोखरा–काठमाडौमा विभिन्न सुविधासहितका बस संचालन गर्दैआएका छन् ।
सम्मानित अधिकारीले राज्यको चौथो अंग पत्रकारितामा आवद्ध युवाले योगदानको कदरस्वरुप सम्मान गरेकोमा खुसी व्यक्त गरे ।
संस्थाले आगामी दिनमा पर्यटन, खेलकुद र संचार तीनै क्षेत्रका व्यक्तिलाई क्रमशः सम्मान गर्दै जाने संचालक गणेश बरालले जानकारी दिए ।
सम्मानित व्यक्तित्वको बारेमा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले परिचय दिएका थिए ।
उद्घाटन अवसरमा नेपाल ओलम्पिक कमिटीका सदस्य एवं नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, पर्यटन व्यवसायी गोविन्दबहादुर पहारी, पत्रकार हरि बास्तोला, टप कर्नर फुटसलका संचालक सुरज श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रतियोगिता संयोजक दीननाथ बरालले गरेका थिए ।
प्रमुख अतिथि केसी र ह्याण्डबल संघ अध्यक्ष गुरुङले खेल प्रशिक्षक लोकबहादुर मगर र चुडा चौधरीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका हुन् । समूह एमा रहेका पृथ्वीराजमार्ग बस संचालक समिति र प्याव्सन कास्कीबीच भएको उद्घाटन खेलमा पृथ्वीराजमार्ग विजयी भएको छ । प्रतियोगितामा पहिलो दिन १० खेल हुनेछन् । आइतबार महिला पत्रकारको संस्था डव्लुडव्लुजे र सञ्चारिका समूह पश्चिमाञ्चलबीच मैत्रीपूर्ण खेल हुनेछ । समूह एमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल समूह बी, नेपाल खेलकुद पत्रकार मञ्च कास्की, सुनचाँदी व्यवसायी समिति, बुद्ध विशाल बजार, नाट्टा पोखरा र ओम डेभलपमेन्ट बैंक छन् भने समूह बीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको समुह ए, जगदम्वा ट्राभल्स, एबीसी टेलिभिजन, रेडियो अन्नपूर्ण, मोवाइल वितरक संघ, युआरएल र नेपाल पर्यटन वोर्ड छन् । विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रोलाई पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने आयोजकले जनाएको छ ।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ र कास्कीको माछापुच्छ«े गाविसमा निमार्णाधीन झ्यामोलोङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करुवा हाइड्रोपावर रहेको छ ।
उप–प्रायोजकमा हङकङ व्युटी इन्स्टिच्युट प्रालि, क्लारा इन्टरनेश्नल, स्पाः एण्ड व्युटी कलेज र सहयोगीमा पोखरा टे«डिङ कन्सर्न, नेपाल पर्यटन बोर्ड, ओजन डिस्को क्लब, मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालि, नेपाल हवाइ खेलकुद संस्था (ना), पोखरा उपमहानगरपालिका कार्यालय, टप कर्नर फुटसल, रिजनल हस्पिटल (मेडिकल सहयोग), होटल जलमहल, इको पानीलगायत छन् ।
