
काठमाडौं, १० पुस-
गाई मारेको विरोधमा आज सुदूरपश्चिमाञ्चल बन्द गराईएको छ । बन्दका कारण बिहानैदेखि सुदूरपश्चिमका जिल्लामा गाडी चल्न सकेका छैनन् ।
गत मंगलबार कैलालीको गोदावरी वनमा २५ वटा गाईगोरु मृत अवस्थामा भेटिएपछि गाई मारेर फालेको विरोधमा हिन्दुवादी संगठनले आज बन्द गराएका हुन् ।
कञ्चनपुरको बेदकोट नगरपालिकाले भने छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै ती गाईगोरुहरु गोदावरी पुर्याएको स्वीकार गरेको छ ।
बन्दकर्ताले घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
