माल्दिभ्सविरूद्ध नेपालको गोल वर्षा, नेपालले ९-० ले हरायो

Share:

पोखरा, १३ पुस-
भारतको सिलगुढीमा जारी चौथो संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरूद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ । बुधबार कञ्चनजंघा रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ९ -० को जित दर्ता गरेको हो। नेपालका लागि साबित्रा भण्डारीले ५ गोल गरिन्।

खेलको पहिलो हाफमा ३-० ले अगाडि रहेको नेपालले बाँकी गोल दोस्रो हाफमा गरेको हो। पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि ह्याट्रिकसहित ५ गोल गरिन्। थप गोल सपना लामा, हिराकुमारी भुजेल, निर्मला विक र अन्जली वाइवाले गरे।

जीतसँगै समूह ए मा रहेको नेपालले ६ अंकसहित शीर्ष स्थानमा मजबुत भएर बसेको छ। यस्तै नेपालसँग पराजित माल्दिभ्स ३ अंकसहित दोस्रो स्थानमा छ। अब नेपालले पर्सी श्रीलंकासँग अन्तिम लिग खेल खेल्नेछ। आजै भएको पहिलो खेलमा श्रीलंकाले भुटानलाई २–० ले हरायो।

कमेन्ट गर्नुहोस्
Share: