राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनलाई पितृशोक

Share:

पोखरा, १४ पुस-
राप्रपा कास्कीका अध्यक्ष तथा पुन समाज नेपालका केन्द्रीय सदस्य, संगठन विभाग प्रमुख जयलाल पुनलाई पितृशोक परेको छ । काठमाण्डौमा उपचाररत उहाँका पिता नन्दप्रसाद मगरको ९१ वर्षको उमेरमा बिहीवार निधन भएको हो ।
राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा तथा केन्द्रीय नेताहरुले उहाँको निधनप्रति शोक व्यक्त गरेका थिए ।
उहाँको पार्थीव शरीरलाई पार्टीका केन्द्रीय सदस्य तथा अंचल संयोजक रमेश बहादुर भट्टराई, केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुलबहादुर गुरुङ्ग कुलु, केन्द्रीय सदस्य कमलमान गुरुङ्ग, शिव कुमार बास्तोलाले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।
उहाँको निवास सैनिकबस्तीबाट निस्किएको शवयात्रामा पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरु, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।
उहाँको बिहीवार लेखनाथ स्थित मुसीढुङ्गामा दाहसंस्कार गरिएको छ ।
म्याग्दी जिल्ला भकिम्ली गा.वि.स. वडा नं.१ मुसुङ्गामा जन्मनुभएका स्व.नन्दप्रसाद मगर हाल लेखनाथ, सैनिकबस्तीमा स्थायी रुपमा बसोबास गरिरहनु भएको थियो । उहाँका धर्मपत्नी, दुईछोरा, ६ नाति, ३ नातिनी, ५ पनाति रहेका छन् ।
उहाको शोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कास्की प्रवक्ता सूर्य बाँस्तोलाले एक शोक विज्ञप्ति जारी गर्दै मृत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि कामना गरेको छ ।
त्यसैगरी मिडिया नेपाल कास्कीका अध्यक्ष दुर्गा बहादुर अधिकारी, राष्ट्रिय युवा मोर्चाका शमशेर गुरुङ्ग, क्षेत्रीय अध्यक्षहरु, नगर अध्यक्षहरु लगायतले उहाँको निधनप्रति शोक व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: