
पोखरा १९ पुस-
पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशक र जिल्ला वन अधिकृतले प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना लेखनाथ पचभैयामा निर्माणाधिन वन्यजन्तु उद्धार केन्द्रको अवलोकन गरेका छन । लेखनाथको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित चिडियाखाना क्षेत्रमा निर्माण भइरहेको वन्यजन्तु उद्धार केन्द्रको क्षेत्रिय वन निर्देशक धनन्जय पौडेल र जिल्ला वन अधिकृत केदार बरालले अवलोकन गरेका हुन् ।
क्षेत्रिय वन निर्देशक धनन्जय पौडेलले क्लवको पहलमा जंगलभित्रै रेस्क्यु सेन्टर निर्माण गरी बन्यजन्तु संरक्षणमा चासो देखाएकोमा खुसी ब्यक्त गरे । सरकारी स्तरबाट हुनुपर्ने काम क्लव र सामुदायिक वनको पहलमा हुनु अत्यन्तै श्रहानिय काम भएको वताउदै पौडेलले आफ्नो तर्फबाट गर्न सक्ने सहयोगलाई कुनै कसुर बाँकी नराख्ने वताए ।
प्रस्तावित अन्तराष्ट्रिय चिडियाखानाका संयोजक तथा युनाइटेड क्लवका सस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्ल्वले स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी पहलकदमी गर्दै आएको र २०७२ सालमा चिडियाखाना निर्माणका लागी लेखनाथमा जंगल छनोट गरी चिडियाखाना निर्माणको काम अगाडी बढिरहेको बताए ।
सोही अभियान अन्तर्गत पहिलो चरणमा यतिवेला घाइते तथा उद्धार गरी ल्याइएका जीवजनावरका लागी लक्षित गरी बन्यजन्तु उद्धार केन्द्र निर्माण भइरहेको वताए । हाल उक्त निर्माणाधिन उद्धार केन्द्रमा उद्धार गरी ल्याइएको रतुवा र दुइवटा हुचिल रहेका छन ।
सो अवसरमा वोल्दै युनाइटेड क्लवका अध्यक्ष तथा प्रस्तावित चिडियाखानाका सचिव सुक बहादुर गुरुङले पोखरा महोत्सवकै पहलमा लेखनाथको पचभैयामा चिडियाखाना निर्माण कार्य भइरहेको वताए । आगामी पुस २९ देखि माघ १० गतेसम्म पोखराको अमरसिंह चोकमा आयोजना हुने सातौं पोखरा महोत्सवको तयारी तीब्र गतीमा अगाडी बढिरहेको बताउँदै महोत्सवलाई सफल बनाउन सम्पूर्णलाई सहयोगका लागी आब्ह्वान समेत गरे ।
पचभैया सामुदायिक वनका अध्यक्ष मोहन बहादुर घिमिरेले क्लवले महोत्सवको अयोजना गरी सामुदायिक बनभित्र चिडियाखाना निर्माणमा आर्थिक सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै सातौ पोखरा महोत्सवको सफलताको कामना गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा क्षेत्रिय बन र जिल्ला बनका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
