फेवातालमा शव भेटियो, पहिचान खुलेन

Share:

रञ्जन अधिकारी
पोखरा, २० पुस-
फेवातालमा बुधबार साँझ एक पुरुषको शव भेटिएको छ । पोखराबाट पामे जाने बाटोतर्फ गैरीको चौतारा नजिकै तालमा भेटिएको पुरुषको पहिचान खुल्न सकेको छ्रैन । अन्दाजी ३५ वर्षको देखिने मंगोलियन अनुहारको व्यक्ति मृत भेटिएको हो ।

बेलुकी ६ बजेतिर तालमा शव तैरिरहेको सूचनाको आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो । घटनास्थल पुगेका प्रहरी नायव निरीक्षक राम अधिकारीका अनुसार शव २४ घण्टा भन्दा अघिकै हो । शवको प्रकृति हेर्दा दुई दिन अघि नै डुबेको अनुमान गरिएको छ । तालको किनारबाट ५० मिटर पर तैरिरहेको अवस्थामा फेला परेको उनले जनाए ।

निलो सेतो चेक सर्ट, हाफ ज्याकेट, जिन्स पाईन्ट, कालो जुत्ता, घाँटीमा जन्तर लगाएका छन् भने खल्तीमा सेतो रङको मोबाईल चार्ज गर्ने पावर बैंक भेटिएको छ । शव निकालेर केहि ससमय किनारमा राखिएपनि पहिचान खुल्न नसकेपछि शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । बाहिरबाट न्यू इयर मान्न पोखरा आएको बेला हराएको हुन सक्ने अनुमान गरिएको छ ।

तस्विरः जक्सन डटकम

कमेन्ट गर्नुहोस्
Share: