तेस्रो फिस फेस्टीवल फागुन १३ देखि १७ सम्म

Share:

पोखरा, २१ पुस-
माछालाई प्रबद्धन गर्ने उदेस्यले विगत वर्षहरुमा लेखनाथमा गर्दै आएको फिस फेस्टीवललाई यस वर्ष पनि निरन्तराता दिईने भएको छ ।

होटल तथा रेष्टुरेण्ट एसोसीयन अफ लेखनाथको आयोजनामा तेस्रो संरकरणको फिस फेस्टीवल आगामी फागुन १३ गते देखि १७ गते सम्म हुने भएको छ।

लेखनाथको परिचय माछा भन्ने मुल उद्घोषका साथ गर्न लागिएको फिस फेस्टीवल लाई सफल पार्न एसोसियसनका अध्यक्ष दामोदरभक्त थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ ।

बेगनासतालको किनारामा हुने फिस फेस्टीवलमा लेखनाथका विभिन्न ताल तथा पोखरीमा पालिएका माछाको प्रदशनी र साथमा माछाका परिकारहरुको ब्यवस्था मिलाईने भएको छ।

कमेन्ट गर्नुहोस्
Share: