पोखरा १७ ढुंगेसाघु मेलाको तयारी पुरा, अल्ट्रालाईट बाट पुष्पबृष्टी गराउने

Share:

पोखरा, पुष २९। माधब पनेरु ।
माघेसंक्रान्तीमा देशका बिभिन्न भागमा एैतिहासिक मेला लाग्ने गर्दछ ।
माघ १ गतेलाई धार्मिक रुपमा पनि महत्वपुर्ण मानिने भएकाले देवालय तथा नदिका छेऊछाऊमा मेला लाग्ने गरेको हो । पोखराको ढुंगेसाघु , सितापाईलामा पनि माघेसंक्रान्तीको अबसरमा मेला लाग्ने गर्दछ । सो स्थानमा रहेको सदाशिबजी हरिहर मन्दीरले हरेक बर्ष मेलाको आयोजना गर्दछ । त्यसैगरि सोही स्थानमा रहेका आमा समुह, टोलबिकास सस्थाले मेलाको ब्यबस्थापन गर्दे आएका छन । फुस्रेखोला र सेदि नदिको संगम र भगवान राम र सिताको भेटघाट हुुने स्थल भएकाले धार्मिक रुपमा पनि सो स्थानको महत्व रहेको मान्यता रही आएको छ ।

krisi
मेलाको ब्यबस्थापनको सबै तयारी परा भैसकेको मेलाको सुचना तथा सुरक्षा उपसमितिका संयोजक नरेन्द्र गिरिले जानकारी दिए । माघे संक्रान्तीको दिन अर्थात माघ एक गते मात्र लाग्ने मेलामा यसपाली भने केही नयाँपन ल्याइएको गिरिले बताए । कृषि औजार तथा तरुल, सखरखण्ड ,बदाम लगायत अन्य बिभिन्न प्रकारका बस्तुहरुको ब्यापारीक स्टलहरु, खानाका परीकार मेलामा ब्यबसिथ्त तरिकाले रहने बताईएको छ । मेला स्थल र सो क्षेत्रको कृषि उत्पादन तथा पर्यटकिय स्थलहरुको बारेमा जानकारी समेटीएको गित सार्बजनिक गरीने आयोजकले जानकारी दिएको छ । यो बर्ष अल्ट्रालाईटबाट मेला भर्न आएका दर्शनार्थीहरुलाई पुष्पबृष्ट्रि गराई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

dhunge-saghu-10
मेला अबधिभर स्थानिय सितापाईला आमा समुहले मेलामा आउने दर्शनार्थीहरुलाई निशुल्क खुदो र शखर स्वाउने बताईएको छ । मेलामा हरेक बर्ष जस्तै यो बर्षपनि कराँते प्रतियोगिता, लोकदोहोरी कलाकारहरुको सांगितिक प्रस्तुति रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: