
पोखरा २४, माघ-
पश्चिमाञ्चल क्षेत्रकै पहिलो कन्या क्याम्पसमा प्राविधिक शिक्षा संचालनगर्न माघ २५ गते देखि फागुन ३ सम्म क्याम्पसमा आयोजना हुन लागेको शैक्षिक, धार्मिक महोत्सवएवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।
यसै सन्दर्भमा पोखरामा बृहत् प्रचारात्मक मोटरसाईकल र्यालि निकालियो । कन्या क्याम्पसबाट साढे आठ बजे आरम्भ भएको र्यालिशहरमाविभिन्नभाग परिक्रमागरि पुनःक्याम्पसमाआई टुंगिएको पत्रकार आरजु विष्ट सल्यानीले जानकारी दिए ।
र्यालि क्याम्पसबाट शुरु भई महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक, अमरसिंंहचोक, रामवजार, वुद्धचोक, पृथ्वीचोक, एयरपोर्ट, विरौटा, ड्यामसाईड, राष्ट्रबैंकचोक, लेकसाईड, हल्लनचोक, सभागृहचोक, चिप्लेढुंगा, सिदार्थचोक, रामकृष्ण टोल, नालामुख, मोहरीया टोल, मिरुवा, सिमपानी, ट्याक्सिचोक, दीप, लामाचौर, बाटुलेचौर पुगेर कन्या क्याम्पसमाआएर टुंगिएको थियो ।
कितावी ज्ञान मात्रले व्यवहारीक परिवर्तन गराउन नसकिएको र उच्चशिक्षा हासिल गरेर धेरै युवाहरु वेरोजगार भएर बसेको तथाविदेश नै ताक्ने परीपाटीलाई कमगर्न क्याम्पसमा प्राविधिक शिक्षाको आवश्यकता महशुस गरी कन्या स्कुल र कन्याक्याम्पसको आयोजनामा महायज्ञ गर्न लागिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानले फागुन ३ गतेसम्मपोखरा ३ नदीपुरमा रहेको क्याम्पस परिसरमा आयोजना हुने महायज्ञबाट करीब ५ करोड रुपैया आर्थिक संकलन गर्ने लक्ष्य राखिएकोे बताए ।
सर्वसुलभ प्राविधिक शिक्षालय स्थापनागर्न, स्थानीय स्तरमै नै आत्मनिर्भर स्वरोजगारको वातावरण सृजना गर्न, सबै नेपालीमा हार्दिक एकताको भावना विकसित गर्ने एवं विदेश पलायनहुने प्रावृत्तिन्यूनिकरण गर्ने, विश्वबजारमा समेत प्रतिष्प्रर्धा गर्न सक्ने सक्षम प्राविधिक युवाशत्ति उत्पादन गर्न, आध्यात्मिक संस्कारयुक्त सकारात्मक सोचका साथराष्ट्र निमार्णमा सक्रिय गराउने, बालक, युवा र जेष्ठ नागरिक सबैमा आध्यात्मिक चेतनाको विकास गर्ने अभिप्रेरित गर्ने उदेश्य राखिएको छ ।
महायज्ञ सम्पन्न गर्न करीब ३० लाखखर्च हुने भएको क्याम्पसले जनाएको छ भने प्रमुखवाचकको रुपमायुवा पण्डित दीनवन्धु पोखरेल र सहवाचक ध्र्रुवशरण बस्याल रहनु हुने भएको छ । क्याम्पसमा हाल दशजोड दुई र स्नातक तहतर्फ व्यवस्थापन, मानविकी, तथा शिक्षाशास्त्र संकायमा ९ सय छात्राको अध्याापन भइरहेको क्याम्पस प्रमुख सुरेश मानन्धरले बताए ।
