अनाथ गृहमा वेनिशाको जन्मदिन

Share:

काठमाण्डौ, श्रावण ११ / अभिनेत्री वेनिशा हमालले आफ्नो जन्मदिन अनाथ बालबालिका र एकल महिलासँग मनाएकी छिन् । जन्ममिति साउन १० गते चितवन गृह नगरमा रहेको अनाथ गृहमा वेनिशाले जन्मदिनको केक काटिन् अनि खुसीयाली मनाइन् ।

चितवनको अनाथ गृहमा वेनिशाकी आमा सकुन्तला शाही हमाल आवद्ध छिन् । आफ्नी आमा आवद्ध भएको अनाथ गृहमा आफ्नो जन्मदिन मनाउन पाउँदा औधी खुसी लागेको वेनिशाले बताइन् । आमा आवद्ध भएको उक्त अनाथ गृहमा झन्डै ३० जना अनाथ केटाकेटी र एकल महिलाले आरक्षण पाइरहेका छन् ।

०७१ सालको साउन १० गतेबाट वेनिशा २४ वर्ष लागेकी छिन् । फिल्म ‘स्वर’ बाट नेपाली फिल्ममा डेव्यु गरेकी वेनिशा अभिनित ‘महसुश’ र ‘मोक्ष’ फिल्मले चर्चा पाए । फिल्मको कथा लेखनमा समेत कलम चलाउँदै गरेकी वेनिशा पछिल्लो समय भने म्युजिक भिडियोमा नै व्यस्त छिन् ।

Source: फिल्मीखबर

कमेन्ट गर्नुहोस्
Share: