सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा उत्कृष्ट नौ छनौट, राजिव बाहिरिए

Share:

रञ्जन अधिकारी. पोखरा, १३ साउन / पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा तनहूँका राजिव परियार टपटेनबाट बाहिरिएका छन् ।

आईतबारको प्रस्तुतिका आधारमा मंगलबार घोषणा गरिएको टप नाईनको नतिजा अनुसार राजिव आउट भएका हुन् । श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णयको आधारमा परियार प्रतियोगिताबाट बाहिरिएको एफएमले जनाएको छ । राजिवले जाँदा जाँदै दोष कसैलाई दिन चाहन्न बोलको गीत गाए । उनले आफू टपटेनबाट आउट भएपनि आगामी दिनमा अझै मेहनत गरेर अघि बढ्ने बताए ।

10488147_656333607794347_643534613768637716_n

मंगलबार टप नाईत प्रतिष्पर्धीले टप एटका लागि आफ्नो प्रस्तुति राखे । कार्यक्रममा कवि, गीतकार तथा गजलकार दीपक समिप अतिथि निर्णायकको रुपमा रहेका थिए । प्रतियोगिताको निर्णायकहरुमा संगीतकार सुनिल थापा र सामसुङ्ग तामाङ्ग रहेका छन् । अतिथि निर्णायक दीपक समिपले एकसेएक प्रतिष्पर्धीहरु रहेकाले प्रतियोगिताबाट बाहिरिएपनि सांगीतिक भविष्य उज्ज्वल रहेको भन्दै लगनशील भएर लाग्न सुझाव दिए ।

भेन्यु पार्टनर स्काई टच रेष्टुरेण्ट एण्ड लाउञ्जबारका अध्यक्ष समेत रहेका कानुन व्यवसायी शालिकराम भट्टराईले मंगलबारको प्रस्तुति हेरेपछि यति ठूलो प्रतियोगिता आयोजना गरेर पोखराको बिग एफएमले सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरे ।

प्रतियोगिको गायन प्रस्तुति मूल्यांकन गरी आफूलाई मन परेका प्रतियोगिलाई आगामी बिहिबार दिउँसो ३ बजेसम्म भोट गर्न सकिनेछ । टप नाईनमा रहेका जेनिता राईका लागि बिग स्पेश जेड आर, अनिल बिकका बिग स्पेश एबी, ल्हामो डोल्करका लागि बिग स्पेश एलडी, राम लिम्बुका लागि बिग स्पेश आरएल, सन्दिप ढुंगानालाई भोट गन बिग स्पेश एसडी, सरिता अधिकारीका लागि बिग स्पेश एसए, सम्राट गायकलाई भोट गर्न बिग स्पेश एसजी, दीपेश भट्टचनका लागि बिग स्पेश डिबी र कुन्साङ गुरुङलाई भोट गर्न बिग स्पेश के जी टाईप गरेर ४३२१ मा पठाउन सकिनेछ ।

टप फोरसम्मको छनौट यहि प्रक्रियाबाट हुनेछ । प्रतियोगिको प्रस्तुतिपछि निर्णायक र भोटिङका आधारमा अर्को चरणको प्रस्तुतिको दिन एक जना बाहिरिनेछन् । विभिन्न ५० जिल्लाका ८ सय ९० जनामध्ये टप टेन छनौट भएका हुन् । संगीत राउण्डको शुरुवातसंगै आयोजकले प्रतिस्पर्धीहरुलाई अडिसनको अभ्यास गर्ने व्यवस्था समेत मिलाएको छ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो बिग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।

बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले बिग आईकनसंग सहकार्य गरेको यो लगातार चौथो पटक हो । यस्तै, प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन, प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा सहप्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार र पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

बैंकिङ पार्टनर सिटी डेभलपमेन्ट बैंक, रेस्टुरेन्ट पार्टनर स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार, होटल पार्टनर होटल बाराहि, ईन्टरनेट पार्टनर पोखरा ईन्टरनेट (पि–आईनेट), टिकट तथा टुर पार्टनरमा एम वे टुर्स एण्ड ट्राभल्स प्रालि, बजार पार्टनर नाईन्टी नाईन बिग बजार, साउण्ड पार्टनरमा एस.के साउण्ड सिष्टम तथा मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: