पोखराको जनप्रिय क्याम्पसमा महिला विद्यार्थीद्धारा सरसफाई

Share:

पोखरा, २७ माघ-
पोखराको जनप्रिय क्याम्पसका महिला विद्यार्थीले बिहीबार क्याम्पस आसपासमा सरसफाई गरेको गरेका छन् । अनेरास्ववियु जनप्रिय महिला विभाग कमिटीको आव्हनमा क्याम्पस परिसरमा सरसफाई गरिएको हो ।

विद्यार्थीहरुले हात हातमा झाडु र कुचो लिएर सडकमा फालिएका फोहोर, झाडी तथा धूलो सफा गरेका थिए ।
महिला विभाग प्रमुख सपना सुवेदीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जिल्ला सदस्य एवं जनप्रिय ईन्चार्ज अमृता गौतम, जिल्ला सदस्य करुणा गुरुङ लगायतको उपस्थिती थियो ।

सरसफाई कार्यक्रममा करिब ३० जना महिला विद्यार्थीहरुको सहभागिता रहेको विद्यार्थी प्रमिला आचार्यले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
Share: