
पोखरा, २८ माघ-
हिमालयन क्रिकेट एकेडेमी, कीर्तिपुरको आयोजना तथा कास्कीका क्रिकेट खेलाडीहरुको संयोजनमा पोखरामा फागुण २ देखि एक्सपर्ट स्कुल क्रिकेट लिग–२०१७ हुने भएको छ ।
पोखराका क्रिकेटरहरु विधान श्रेष्ठ, अनिल गुरुङ्ग, जिम्मी गुरुङ्ग र सिजन श्रेष्ठले उक्त प्रतियोगिताको पोखरामा संयोजन गर्नेछन् प्रतियोगितामा पोखरा, दमौली, स्याङजा र वालिङ्गका १२ विद्यालयहरुको सहभागिता रहने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ‘सहभागि विद्यालयहरुलाई चार समुहमा विभाजन गरि लिगको आधारमा खेलाइने छ’– प्रतियोगिता संयोजक विधान श्रेष्ठले भने हरेक समुहको शिर्ष एक टिम सेमिफाइनल पुग्ने पनि उनले बताए ।
एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज् मुख्य प्रायोजन गरेको प्रतियोगितामा विजेता टिमले १ लाख बराबरको खेल सामग्री तथा उप–विजेताले ५० हजार बराबरको खेल सामग्री पुरस्कार प्राप्त गर्नेछन् कास्की जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्स्म्यान, इमर्जिङ्ग प्लेयर तथा सर्वोत्कृष्ट खेलाडीलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता कास्की संगै देशका विभिन्न स्थानमा सञ्चालन हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो काठमाण्डौ, धनगढी, महेन्द्रनगर, भैरहवा, पोखरा, रुपन्देही, चितवन र विर्तामोडमा सञ्चालन हुने प्रतियोतिगाका विजेताहरुविच अन्तिम प्रतिस्पर्धा काठमाण्डौमा ‘च्याम्पियन्स लिग’ हुने छ प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखि नेपालका क्रिकेट प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिने पनि सो अबसरमा जानकारी दिइयोे पत्रकार सम्मेलनमा बोल्दै एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज् पोखराका निर्देशक रमेश थापाले सामाजिक उत्तरदायित्व वहन गर्नका लागि पनि खेलकुदमा सहयोग गर्न लागेको बताए ।
