लेखनाथमा बन्ने अन्तराष्ट्रिय चिडियाखानाका लागि आवश्यक वन्यजन्तु चितवन निकुन्जबाट ल्याइने

Share:

पोखरा, १ फागुन-
कास्कीको लेखनाथ स्थित पचभैया वन क्षेत्रमा निर्माण हुन लागेको बन्यजन्तु अध्ययन, प्रजनन र उद्धार केन्द्र (वन्यजन्तु उद्यान केन्द्र) निर्माणका लागी बन मन्त्रालयले प्राविधीक टोली पठाउने भएको छ । प्राविधीक टोली संगै वन्यजन्तु उद्यान केन्द्र निर्माणका लागी एक करोड रुपैया बजेट विनियोजन गर्ने वनमन्त्री शंकर भण्डारीले वताएका छन ।

वन मन्त्री शंकर भण्डारीलाई ज्ञापन पत्र बुझाउन पुगेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय चिडियाखाना निर्माण सरोकार समितीको टोलीलाई मन्त्री भण्डारीले स्थानिय स्तरबाट पोखरामा वन्यजन्तु उद्यान केन्द्र निर्माणको काम सकारात्मक रहेको वताउदै आफ्नो मन्त्रालयले गर्नुपर्ने सहयोग गर्ने वताएका हुन ।

मन्त्री भण्डारीले पोखराको लेखनाथ स्थित पचभैयामा निर्माण हुन लागेको वन्यजन्तु उद्यान केन्द्र निर्माणका लागी मन्त्रालयबाट तत्काल प्राबिधीक टोली पठाउने र प्राविधीक टोली पठाइसकेपछि एक करोड बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरे । साथै उनले पोखरामा निर्माण भइरहेको बन्यजन्तु अध्ययन , प्रजनन र उद्धार केन्द्र (वन्यजन्तु उद्यान केन्द्र) नेपालकै पहिलो हुने वताउदै उद्यान केन्द्रमा आवश्यक पर्ने वन्य जन्तु र पंक्षी चितवन राष्ट्रिय निकुन्जबाट उपलब्ध गराउने वताए ।

चिडियाखाना निर्माण समितीका अध्यक्ष हिमालय बख्रेलको नेतृत्वमा , चिडियाखाना निर्माण समितीका सचिव तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, समितीका कोषाध्यक्ष दामोदर भक्त थापा, पचभैया सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष मोहन बहादुर घिमिरे ,पूर्व अध्यक्ष विष्णु बहादुर भुजेल, चिडियाखाना निर्माण समितीका सदस्य बिन्दु परियार, सदस्य तथा समाजसेवी दिनानाथ ढकाल, माओवादी केन्द्र कास्कीका सचिव विष्णु पौडेल, नेपाली कांग्रेस लेखनाथ नगर सचिव धु्रव नाथ अधिकारी, एमाले लेखनाथ नगर संयोजक शंकर पौडेल, राप्रपा जिल्ला सदस्य कास्कीका हरिदेवी अधिकारी, समाजसेवी गोपाल गुरुङ, समाजसेवी मदन कोइराला लगायतको टोली वनमन्त्रालयमा पुगेको थियो ।

स्थापना कालदेखि पोखरामा चिडियाखाना निर्माण संगै स्वास्थ्य, शिक्षा, खेलकुद, सेती नदी संरक्षण र सौयबत्ती जडान जस्ता सामाजिक कामलाई अगाडी वढाउदै आएको युनाइटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी बचत भएको रकमबाट हाल सम्म २५ लाख संकलन गरी स्थानिय स्तरमा २०७२ सालदेखि कास्कीको लेखनाथ स्थित पचभैया, चायापानी चिसाकुना, चैनपुर सामुदायिक बनको १ सय ३४ हेक्टर क्षेत्रमा हाल बन्यजन्तु अध्ययन, प्रजनन र उद्धार केन्द्र (वन्यजन्तु उद्यान केन्द्र) निर्माणको काम भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: