आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

931
0
Share:

फागुन २ गते-
आज पाँचौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेअनुसार यसपटक पाचौं रेडियो दिवस मनाउन लागिएको हो ।

नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सुरु भएको थियो ।

विश्वमा व्यवसायिक रेडियो प्रसारण सुरु भएको ९४ वर्ष पुगेपनि नेपालमा भने २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको थियो । अहिले नेपालमा करिब ७ सयको हाराहारीमा एफएम रेडियो सञ्चालनमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: