
बिग न्यूज
पोखरा, ५ फागुन । पत्रकार महासंघ कास्कीको १० औँ अधिवेशनमा बिग एफएमकर्मी रेम बिक पहिलो सर्वसम्मत सदस्य चुनिएका छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन समितिले उम्मेदवारी सार्वजनिक गर्दै उनलाई निर्विरोध चयन भएको घोषणा गरेको हो ।
उनले दलित कोटाबाट महासंघमा उम्मेदवारी दिएका थिए । महासंघमा उम्मेदवारी दिने क्रममा दलित कोटातर्फ उनको कुनै प्रतिस्पर्धी नभएको निर्वाचन समितिले जानकारी दिएको छ । बिक सात वर्ष यता बिग एफएममा कार्यरत छन् ।
बागलुङ बोंगादोभानका रेम चलचित्र पत्रकार संघका अध्यक्ष समेत हुन् । उनी विशेष गरि ग्लामर फिल्डको समाचार लेखनमा सक्रिय छन् ।
त्यस्तै निर्वाचन समितिले समावेशी अल्पंख्यक सदस्यमा जैनव खातुनलाई पनि सर्वसम्मत चयन भएको घोषणा गरेको छ । उनी पोखरा टेलिभिजनमा कार्यरत छिन् ।
