
लेखनाथ, ७ फागुन-
आन्तरिक पर्यटन बढाउने र सांस्कृतिक कार्यक्रमहरूको जगेर्ना गर्ने उद्येश्यले Cityof7lakes.com ले लेखनाथका युवाहरूसंगको सहकार्यमा लाईभ कन्सर्ट गर्ने भएको छ । लेखनाथलाई सात तालको शहर भनेर चिनाउन अनलाइनको माध्यमबाट प्रयत्नशील अनलाइनले विधिवत् उद्घाटन भएको ५ औ वर्षको सुअवसरमा आयोजना गर्ने बताएको छ ।
लेखनाथ १ स्थित कृष्ण मन्दिर नजिकै हुने लाइभ कन्सर्टमा रबिन एण्ड द न्यु रेभोलुसन, माउण्ट ८८४८, द वेब, ड्रिमर्स लगायतका चर्चित ब्याण्डहरूको प्रस्तुति रहने छ । सो कार्यक्रमका लागि शुक्रबार लेखनाथ वरपर मोटरसाइकल र्याली समेत गरिएको छ ।
फागुन ७ गते शनिबार दिउँसो १ बजे देखि हुने लाईभ कन्सर्ट आदर्श युवाक्लब लगायतका लेखनाथका युवाहरूसंगको सहकार्यमा हुनेछ । घुमफिर गर्ने उमेरका युवा युवतीहरूका लागि लेखनाथमा कार्यक्रमहरू अपुग भएको हुँदा, युवा युवतीहरूको उल्लेख्य सहभागिता गरि आन्तरिक पर्यटनमा थप टेवा मिल्ने भएकाले कार्यक्रम महत्वपूर्ण हुने बताईएको छ ।
