सरकारले सबै दललाई विश्वासमा लिएर भोली स्थानीय चुनावको मिति घोषणा गर्ने

289
0
Share:

काठमाडौँ, ८ फागुन-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सरकारले सबै दललाई विश्वासमा लिएर सोमबारसम्म स्थानीय चुनावको मिति घोषणा गर्न लागेको बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा नेता खनालले प्रमुख प्रतिपक्ष दलले पनि संविधान संशोधनलाई प्रक्रियामा लैजान सहयोग गर्ने तथा मधेसी मोर्चाले पनि निर्वाचन घोषणा गर्न सहयोग गर्नेगरी गृहकार्य भइरहेको जानकारी गराए ।

अब कुनै पनि बहानामा निर्वाचन रोक्न नहुने बताउँदै उनले भने, “चुनावका लागि सबै प्रक्रिया पूरा भइसकेको छ, यसका लागि निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखसँग कुरा गरेर जेठको पहिलो हप्ता निर्वाचन गर्नेगरी सोमबार निर्णय हुने सम्भावना छ ।”

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले विधानलाई संस्थागत गर्नका लागि चुनावको विकल्प नरहेकाले सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा रहेको र त्यसलाई सबै दलले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: