
पोखरा, १३ फागुन-
धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिद्धारा पोखरा उपमहानगरपालिका वडा नं. २१ काँहुडाडामा निर्माण गरिने करिब ८० मिटर अग्लो भगवानको मुर्तिसहितको बुद्ध मण्डला निर्माणार्थ १७९ रोपनी जग्गा र १ करोड २१ लाख २२ हजार ४ सय रुपैया रुपैया भुमिदान गरिएको छ ।
पोखरालाई बुद्ध सर्किटसँग जोड्दै काँहुडाडालाई पर्यटक केन्द्रको रुपमा विकास गर्न निर्माण गरिने बुद्ध मण्डला निर्माणार्थ स्थानिय धारापानी सामुदायिक बन उपभोक्ता समितिले १७० रोपनी, काँहु घोताने परिवारका सुवेदार इन्द्रबहादुर गुरुङ, पुर्णकुमारी गुरुङ, सुवेदार प्रेमबहादुर गुरुङ र मिनबहादुर गुरुङले १ रोपनी, खिमबहादुर गुरुङले १ रोपनी र स्वर्गीय आमाबाबाको स्मृतिमा गमबहादुर गुरुङ, रञ्चकुमारी गुरुङले १ रोपनी निजी जग्गा भुमिदान गर्नुभएको हो ।
शुक्रवार काहुँडाडामा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिद्धारा आयोजित भुमिदान कार्यक्रममा बन समितिका तर्फबाट अध्यक्ष कुमार क्षत्रीले समितिद्धारा मण्डला निर्माणका लागि १७० रोपनी जग्गा स्वामित्व हस्तान्तरण गर्ने निर्णय कार्यक्रम प्रमुख अतिथि बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका संरक्षक अवतारी साङपा रिम्पोछलाई हस्तान्तरण गर्नुभएको हो । यसरी नै काँहुडाडामै रहेको निजी जग्गा सु.इन्द्रबहादुर गुरुङ, पुर्णकुमारी गुरुङ, सु.प्रेमबहादुर गुरुङ र मिनबहादुर गुरुङले १ रोपनी जग्गा भुमिदान गरेको दानपत्र, यसरी नै खिमबहादुर तमुले १ रोपनी जग्गा भुमिदान गरेको दानपत्र प्रमुख अतिथि रिम्पोछेलाई हस्तान्तरण गर्नुभयो भने काँहुकै गमबहादुर गुरुङले १ रोपनी भुमिदानको घोषणा गर्नुभएको हो ।
उक्त भुमिदानसहित बुद्धको मुर्तिको आसनका लागि ७ करोड रुपैया मुल्यको भुमिदान आवाश्यक भएकाले समितिद्धारा आव्हान गरिएको भुमिदानका लागि १ करोड २१ लाख २२ हजार ४ सय रुपैया दान गरिएको छ ।
भुमिदानका लागि मेजर बीरसिंह गुरुङको छोरा लोकबहादुर गुरुङ तथा परिवारका तर्फबाट २५ लाख ११ हजार १११ रुपैया, समितिका संरक्षक साङ्पा रिम्पोछेले २० लाख, काँहु घर भई हाल अमेरिका निवासी क्याप्टेन एकबहादुर गुरुङ, जेठा छोराबुहारी सुवास गुरुङ, बन्दना गुरुङ, कान्छा छोरा बुहारी आदर्श गुरुङ, रिना गुरुङको तर्फबाट १८ लाख ९१ हजार ८९०, काँहु घर भई युके निवासी हेमबहादुर गुरुङको परिवारबाट १७ लाख ८१ हजार ४२१ रुपैया सहयोग गर्नुभएको हो ।
यसरी नै काहुकोटका स्वर्गीय ससुराम गुरुङका छोराहरुबाट १५ लाख रुपैया भुमिदानका लागि सहयोगको घोषणा गरिएको थियो । ससुरामको जेठा छोरा हाल युके निवासी लेप्टिनेण्ट गोविन्द गुरुङ १३ लाख, उहाँका दुइ छोरा विक्रम र विकासबाट १ लाख, पोखरा १२ शितलदेवी निवासी सई रुद्रबहादुर गुरुङबाट ५० हजार र काँहु निवासी कान्छा छोरा डम्बरबहादुर गुरुङबाट ५० हजार रुपैया भुमिदानका लागि उक्त कार्यक्रममा सई रुद्रबहादुर गुरुङले घोषणा गर्नुभएको हो ।
यसरी नै बाबा आमाको स्मृतिमा १ रोपनी जग्गादान घोषणा गर्नुभएको गमबहादुर गुरुङले थप १ लाख १ हजार १११ रुपैया र छोरा आशिष गुरुङको तर्फबाट १ लाख १ हजार १११ रुपैया भुमिदानकै लागि सहयोग घोषणा गर्नुभयो ।
बुद्ध भगवानको बिशाल मुर्तिको बस्ने आसनका लागि भुमिदान स्वरुप धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ(मैना)ले ११ लाख ११ हजार १११ रुपैया, क्या.शंकर÷इशा गुरुङ(युके) १ लाख ५ हजार रुपैया, पोखरा उद्योग वाणिज्य संघका कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुबाट १ लाख ११ हजार १११ रुपैया, कर्णेल रामकाजी गुरुङ १ लाख ५हजार रुपैया, जम्दार बिलबहादुर गुरुङ १ लाख, तान्चोक घर भई युके निवासी चन्द्रमान गुरुङ १ लाख, अमरसिंह निवासी मेजरनी कन्याकुमारी गुरुङ १ लाख ५५०, बाझापाटनका भिमकाजी गुरुङको परिवारबाट १ लाख १०८, पदमकुमारी गुरुङ(युके) ५५ हजार १०५, भक्तबहादुर÷इन्द्रकुमारी गुरुङ(युके) ५५ हजार १०५, इन्द्रबहादुर/नुक्ता/दुर्गा गुरुङबाट(युके) ५० हजार ५००, भक्तबहादुर/नरपता गुरुङ(युके) ५० हजार रुपैया दान गर्नुभएको छ ।
भुमिदान कार्यक्रममा सहभागीका लागि साङपा रिम्पोछे गुरुका अनुयायी खेन्द्रोङ लामाले ५० हजार, ताइवानकी झियानले ५ सय सिंगापुर डलर, जापानकी ताको नोबु फुजिमाराले २ हजार येन भुमिदानका लागि सहयोग गर्नुभयो । यसैगरी सामाजिक अभियन्ता लक्ष्मी गुरुङले २० हजार, प्रितीकुमारी गुरुङ ११ हजार १११, भुपेन्द्र गुरुङ(युके) ११ हजार, कर्म सोनाम ५ हजार ५५५, हङकङ निवासी बारपाकी ओम घले १० हजार, स्थानिय काहुबासी सरस्वती कार्की १५ हजार, पुर्णबहादुर विक १० हजार, अक्कलबहादुर खत्री १० हजार, सुर्यबहादुर कार्कीले १०हजार रुपैया भुमिदानका लागि घोषणा गर्नुभयो ।
करिब ५ अरबको लगानीमा निर्माण हुने मण्डलाको भुमिदानका लागि अरु करिब एक करोड संकलन भएको मण्डलाका संरक्षक साङ्पा रिम्पोछेले बताउनुभयो भने २५ लाख ११ हजार १११ रुपैया दान घोषणा गर्नुभएका समाजसेवी लोकबहादुर गुरुङले आफुले अझै सहयोग घोषणा बाँकी रहेको बताउनुभयो ।
काँहुडाडामा आयोजित भुमिदान कार्यक्रमको दीप प्रज्वलन गरी उद्घाटन एवं भुमिदान दाताहरुलाई सम्मानपत्र र खादाद्धारा प्रमुख अतिथि साङपा रिम्पोछेले सम्मान गर्नुभएको थियो भने उहाँले मन्तव्य व्यक्त गर्नुहुदै शान्तिको सन्देश फैलाउन, बुद्धको सन्देस फिजाउन, नेपालकै पर्यटनको केन्द्र स्थापित गर्न र यस क्षेत्रका नागरिकलाई सकरात्मक सोंचको विकास गराउन काहुँडाडामा अग्लो बुद्धको मुर्तिसहितको मण्डला बन्छ, बन्छ भन्नुभयो । विश्वको सबै भन्दा अग्लो बुद्धको मुर्ति बनाउनका लागि नभई पोखराको सबै र्ठाँउबाट देखिने मुर्ति बनाइने छ, त्यो ६० भन्दा माथि ९० मिटर सम्मको हुन सक्ने उहाँको भनाई थियो ।
