
पोखरा, १४ फागुन-
पोखरामा बर्डफ्लू देखिएको छ । पोखरा १८ खाल्टे मसिनामा एच वान एन वान बर्डफ्लूको जीवाणु देखा परेको जिल्ला पशु सेवा कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा १८ खाल्टेमसिनाकी मिना परियारले पालेका हाँसमा वर्डफ्लू देखा परेको पशु चिकित्सक केदार राज पाण्डेले जानकारी दिए ।
फागुन ६ गते एउटा हाँस मरेपछि परिक्षणका लागि पोखराको ल्याबमा ल्याएको थियो । पोखरामा परिक्षण गर्दा पोजेटिभ देखिएपछि थप परिक्षणका लागि काठमाडौं पठाईएको र बर्डफ्लू पुष्टि भएको उनले बताए । बर्डफ्लूका कारण अहिलेसम्म मिनाका २० वटा हाँसमध्ये १७ वटा हाँस र ११ वटा कुखुरा मरिसकेका छन् ।
उनले त्यस वरपर रहेका करिब २ सय कुखुरा र हाँस रहेको बताए । पोखरामा केहि महिनादेखि पोजेटिभ रिपोर्ट आए पनि वर्डफ्लू भने बल्ल पुष्टी भएको बताए ।
पशु सेवा कार्यालयले बर्डफ्लू देखिएपछि सचेतता अपनाउन आग्रह गरेको छ ।
