रेम बिक
पोखरा, १४ फागुन । उत्कृष्ट १० मा छनौट भएका बिग आइकनका प्रतिस्पर्धीहरुले शनिबार अघिल्लो चरणको लागि आफ्नो प्रस्तुती दिएका छन् । शनिबार प्रस्तुती दिएका १० जनामध्ये एक जना प्रतियोगी बाहिरिने आयोजक बिग एफएमले जनाएको छ ।
यो पटकबाट निर्णायकको मतसँगै स्रोताको एसएमएस भोटिङले समते मताधिकार राख्ने भएपछि प्रतियोगिताबाट बाहिरिने प्रकृयामा केहि फरक शैली अपनाईएको हो । नयाँ शैली अनुसार अर्को चरणको प्रस्तुती दिनभन्दा अगाडि नै प्रतियोगिताबाट एक जना प्रतियोगी बाहिरिएको घोषणा गरिनेछ । त्यसपछि मात्रै उत्कृष्ट ८ का लागि ९ जना प्रतिस्पर्धीहरु भिड्नेछन् ।
शनिबार १० जना प्रतिस्पर्धीले आ–आफ्नो प्रस्तुती दिएसँगै उनीहरुको भोटिङ समेत खुला गरिएको छ । सोमबार हुने आगामी चरणको प्रतिस्पर्धासम्म उनीहरुलाई भोटिङ गर्न सकिने एफएमले जनाएको छ । प्रतियोगितामा यतिबेला पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, अर्चलबोटका गौरब पुन, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् ।
जसअनुसार दिनेश बराललाई भोट गर्न मोबाइलको म्यासेज बक्समा BIG space DB, सलोमी गुरुङलाई भोट गर्न BIG space GS, सौजन्या तामाङलाई भोट गर्न BIG space ST, गौरब पुनलाई भोट गर्न BIG space GP, यामबहादुर नेपालीलाई भोट गर्न YN, निलिमा ए साङ्मालाई भोट गर्न BIG space NS, सागर आलेलाई भोट गर्न BIG space SA, सुबास गुरुङलाई भोट गर्न BIG space SG, प्रिया गुरुङलाई भोट गर्न BIG space PG र लक्ष्मण दर्जीलाई भोट गर्न BIG space LD टाइप गरि ४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।
यो पटक बिग आइकनमा कुल ११ सय ५२ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । विभिन्न ११ वटा चरणपछि मात्रै बिग आइकनमा उत्कृष्ट १० जना प्रतियोगीहरु छनौट भएका हुन् । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
