लोक गायक युवराज भुसाललाई अलि मियाँ पुरस्कार

Share:

पर्वत, १५ फागुन-
लोक गायक युवराज भुसाल यस वर्षको अलि मियाँ पुरस्कारबाट सम्मानित भएका छन् ।

लोककवि अलि मियाँको ९९ औँ जन्मजयन्तीको अवसरमा यहाँ आज भुसाललाई रु २० हजारसहित सम्मानित गरिएको हो ।

जिल्लाको वहाकिठाँटी गाविस– ६ लिम्सिङमा जन्मेका मियाँले नेपाली लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उनको योगदानको कदर गर्दै अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो ।

लोकसंस्कृतिका अनुसन्धानकर्ता तुलसी प्रवास संयोजक तथा कृष्णप्रसाद बास्तोला र प्रजापति पराजुली सदस्य रहेको समितिले भुसाललाई उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो ।

ग्रामीण भेगका पुराना भाका तथा शब्दलाई टिपेर गीत सिर्जना गरेका भुसाललाई पुरस्कृत गरिएको संयोजक प्रवासले जानकारी दिए । कार्यक्रममा तीन दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील मानकुमारी गिरी र शालिकराम गिरीलाई समेत सम्मानित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: