सरस्वती टीका आइडलको उपाधी खुशी गुरुङलाई

Share:

लेखनाथ, १५ फागुन-
सरस्वती टीका जुनियर रेडक्रस सर्कलको प्रथम संस्करणको सरस्वती टीका आइडल –२०७३ को उपाधि कक्षा ९ की छात्रा खुशी गुरुङले जितेकी छिन् ।
सरस्वती टीका मावि लेखनाथ–१७ बागमारामा विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने हेतुले आयोजित आइडलमा नृत्य बिधाबाट सर्वोकृष्ट भई गरुङले उपाधी जित्न सफल भएकी हुन् ।

यस्तै, नृत्यतर्फ बिन्दु सुनार प्रथम, फस्ट रनरअप अनिसा आचार्य, सेकेन्ड रनरअप रितु गुरुङ् गायन तर्फ रन्जिता विक प्रथम, फस्ट रनरअप सुदिप सुनार, सेकेन्ड रनरअप सरस्वती परियार अभिनयतर्फ वसन्त सुनार प्रथम, फस्ट रनरअप पवन अधिकारी, सेकेन्ड रनरअप विवेक कार्की कविता वाचन तर्फ प्रजिता कडेल प्रथम, फस्ट रनरअप नितेस भण्डारी, सेकेन्ड रनरअप सिजन शर्मा भएका थिए ।

कार्यक्रम सरस्वती टीका जुनियर रेडक्रस सर्कलकी सभापति नम्रता काफ्ले को सभापतित्व भएको थियो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य र मिस तमुस्यो नेपाल –२०७३ निशा गुरुङ को बिशेष अतिथ्यता रहेको थियो भने कार्यक्रम सन्चालन सर्कलका सचिब सागर गौतम र रितिका आचार्य ले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: