
रेम बिक
पोखरा, १८ फागुन । सातौँ सँस्करणको बिग आइकन बन्ने दौडबाट उत्कृष्ट ९ प्रतिस्पर्धीमध्येकी एक सलोमी गुरुङ बाहिरिएकी छन् । सलोमी बाहिरिएसँगै बाँकी ८ जना प्रतिस्पर्धीले अघिल्लो चरणको लागि बुधबार प्रतिस्पर्धा गरे ।
पोखरा औद्योगिक क्षेत्र बस्दै आएकी सलोमीले बिग आइकनमा पहिलोपटक सहभागिता जनाएकी हुन् । चर्चको सेवाकाई गर्ने क्रममा साँगीतिक झुण्डमा गीत गाउँदै आएकी सलोमीले पहिलो पटकमै बिग आइकनको उत्कृष्ट ९ सम्म आउनु आफ्नो लागि ठुलो सफलता भएको प्रतिक्रिया दिईन् । ‘प्रतियोगितामा जित्ने रहर त कसको नहोला र ? यद्यपी म सर्वोत्कृष्ट बन्न नसके पनि मलाई कुनै गुनासो छैन । कारण, मैले बिग आइकनको मञ्चमा आएर आफ्नो प्रतिभालाई राम्रोसँग चिन्ने र सुधार्ने मौका पाएकी छु ।’ बाहिरिँदै गर्दा सलोमीले भनिन् ।
सलोमीले प्रतियोगितामा बाँकी रहेका सम्पूर्ण प्रतिस्पर्धीलाई सफलताको शुभकामना पनि दिईन् । सँगै उनले गायन प्रतिभाहरुको लागि ‘ठुलो मञ्च’ प्रदान गरेको भन्दै बिग एफएमलाई धन्यबाद दिईन् । प्रतियोगितामा आएर गाउँदा विभिन्न खाले ‘कमेन्ट्स’ र ‘कम्प्लिमेन्ट्स’ दिने निर्णायकहरुलाई पनि उनले नमन व्यक्त गरिन् ।
त्यस्तै निर्णायकहरुले पनि सलोमीलाई आगामी दिनमा साँगीतिक भविष्य उज्जवल रहेकोले निरन्तर प्रयास गर्न आग्रह गरेका थिए । सलोमी बाहिरएसँगै अब प्रतियोगितामा पाल्पाका दिनेश बराल, लेखनाथका सौजन्या तामाङ, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् । अघिल्लो चरण आगामी शुक्रबार हुने एफएमले जनाएको छ । र, सोहि दिन उत्कृष्ट ७ प्रतिस्पर्धी पनि छनौट हुनेछन् ।
उत्कृष्ट ८ प्रतिस्पर्धीलाई अगाडि बढाउन स्रोताहरुले एसएमएस भोटिङ समेत गर्न सक्ने एफएमले जनाएको छ । जसअनुसार दिनेश बराललाई भोट गर्न मोबाइलको म्यासेज बक्समा BIG space DB, सौजन्या तामाङलाई भोट गर्न BIG space ST, , यामबहादुर नेपालीलाई भोट गर्न YN, निलिमा ए साङ्मालाई भोट गर्न BIG space NS, सागर आलेलाई भोट गर्न BIG space SA, सुबास गुरुङलाई भोट गर्न BIG space SG, प्रिया गुरुङलाई भोट गर्न BIG space PG र लक्ष्मण दर्जीलाई भोट गर्न BIG space LD टाइप गरि ३४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।
यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
तस्वीर ः जक्शन डटकम
