
बिग न्यूज
चितवन, २४ फागुन । चितवनको लक्की मिडिया हाउसले स्थानिय चलचित्र पत्रकार संघको शाखालाई सम्मान गर्ने भएको छ । नेपाली चलचित्रको उत्थानका लागि अनवरत रुपमा संघ र यसका सदस्यहरुले पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको लक्की मिडिया हाउसले जनाएको छ ।
सम्मानसँगै उसले चलचित्र पत्रकार संघ, चितवन शाखाको कोषमा नगद १० हजार रुपैयाँ सहयोग समेत गर्ने भएको छ ।
‘नेपालको सिने बजारको क्षेत्रमा चितवन शाखाले गरेको अतुलनिय योगदानको कदर गर्दै संघलाई सम्मान गर्न लागिएको हो’, लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की ‘लक्की’ले भने ।
चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेले लक्की मिडिया हाउसले गर्न लागेको यो सम्मानले चलचित्र क्षेत्रको विकासका लागि अझै केहि गर्ने प्रेरणा मिलेको बताए । अध्यक्ष लामिछानेले आगामी दिनमा पनि लक्की मिडिया हाउसको निरन्तर सहयोगको अपेक्षा गर्दै लक्की मिडिया हाउस परिवार र अध्यक्ष कार्कीलाई विशेष धन्यवाद प्रकट गरे ।
लक्की मिडिया हाउसका संचालक कार्की चलचित्र पत्रकार संघ चितवनका कोषाध्यक्ष पनि हुन् । चलचित्र पत्रकार संघको चितवन शाखालाई मिडिया हाउसले आगामी चैत्र १४ गते चलचित्र ‘ब्वाइफ्रेण्ड’को विशेष शो गर्ने दिन सम्मान गर्नेछ ।
चितवनमा रहेको लक्की मिडिया हाउसले चलचित्र क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै समाचार सम्प्रेशण गर्दै आएको छ ।
