अदालतको आदेश मान्न ड्राईभिङ्ग स्कुलको खेलकुदलाई सुझाव

441
0
Share:

पोखरा, फागुन २५ ।
पोखरा रंगशालामा भएको ड्राईभिङ्ग स्कुल संघ गण्डकीको भौतिक संरचना भत्काइएको र प्रबेश समेत निषेध गरिएको बिषयमा संघले आपक्ती प्रकट गरेको छ ।
ड्राईभिङ्ग स्कुल संघ गण्डकीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि २०७५ साल सम्म भएको सहमति बिपरित बिना जानकारी प्रशिक्षण स्थलमा भएको संरचना भत्काएर ड्राईभिङ्गलाई रंगशाला प्रबेशमा रोक लगाएपछि ड्राईभिङ्ग स्कुल संघ गण्डकीले अदालतमा रिट दायर गरेको छ । रिट उपर अन्तरीम आदेश जारी गर्दे अलादतले तत्काल पहिलाकै अबश्थामा ड्राईभिङ्ग स्कुललाई प्रशिक्षण सुचारु गर्न दिन आदेश जारी गरेको छ । तर जिल्ला खेलकुद बिकास समीतीले अटेर गरी रंगशाला प्रबेश गर्न दिएको छैन । आफुहरुको संझौताअबधी भर या नभए तिन महिना सम्म समय दिएर हटाउन भन्दा भन्दै खेलकुदले नियम बिधि र प्रकृया विपरीत गएकोमा संघका अध्यक्ष उमेश सि.के.ले आपत्ती जनाए । खेलकुदको बिकासको लागि आफुहरु सधै तयार भएको भन्दै उनले कम्तीमा एक पटक जानकारी वा छलफल पनि नगरी छापामार शैलिमा आफुहरुले लाखौ खर्च गरि र्निमाण गरिएका संरचनाहरु भत्काएकोमा आश्चर्य लागेको सि.केले पत्रकार सम्मेलनमा बताए ।
सम्मानित अदालतले दिएको आदेश सम्म नमान्ने खेलकुदको हर्कत देख्दा अनुसासन र बिधिको धज्जी उडेको सि.के.को भनाई थियो । न्यायको पक्षमा उभिने संघ सस्था तथा नागरीक समाज , पत्रकारहरुले बिषयको यथार्थता बुझेर सहि बिष्लेषण गरिदिन समेत उनले आग्रह गरे । यदि कुनै पनि संझौता कागजको खोज्टो हुने हो भने संझौता गरिरहनु पर्ने अर्थ के हुन्छ ? भाडाँमा लिनेको सम्पती भाँडामा दिनेले कुनै पनि बेला आफ्नो निजि सम्पती जस्तो मान्ने हो भने भाँडामा लिनेदिने बिचको संबन्धको अर्थ के भयो ? सिकेले प्रतिप्रश्न गरे ।

कमेन्ट गर्नुहोस्
Share: