नेकपा निकट महिला संघ द्धारा कास्कीमा महिला दिबस मनायो , बराबर अधिकार प्राप्त भएको छैन ः आस्था

655
0
Share:

पोखरा, २५ फागुन २०७३ ।
नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूरा “आस्था”ले पुरुषसरह अधिकार प्राप्त नभएसम्म गरिने क्रान्तिमा सहयोग गर्न आम श्रमजीवि महिलाहरुसमक्ष आग्रह गरेकी छिन् । १०७ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आम श्रमजीवि महिलाहरुसमक्ष यस्तो आग्रह गरेकी हुन् ।
अहिलेको संविधानमा हरेक स्थानमा महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य गरिएको भएपनि वर्तमान व्यवस्थापिका संसदमा २९ प्रतिशतभन्दा बढी महिलाको सहभागिता नभएको तथ्य प्रस्तुत गर्दै नेतृ आस्थाले वर्तमान संसदीय व्यवस्था कायम रहेसम्म संविधानमा अधिकार सुनिश्चित गरिएपनि व्यवहारमा लागू नहुने भएकाले समान अधिकार सुनिश्चित गर्ने व्यवस्था ल्याउनका लागि हुने एकीकृत क्रान्तिमा सकृय सहभागी र सहयोग गर्न उनले सबैलाई अनुरोध गरिन् ।
उनले अघि थपिन्, “वर्तमान संविधान अनुसार राष्ट्रपतिमा विद्या भण्डारी, व्यवस्थापिका संसदमा सभामुख ओनसरी घर्तीमगर र सर्वोच्च अदालतको प्रधान न्यायधिशमा शुशीला कार्की विद्यमान रहेको भएपनि आम नेपाली श्रमिक महिलाहरुलाई समान अधिकार प्राप्त भएको छैन । वास्तवमा नै समान अधिकारका लागि हरेक पार्टीमा रहेका राष्ट्रवादी र देशभक्त एकताबद्ध भएर गरिने एकीकृत जनक्रान्ति सफल हुनु आवश्यक छ र त्यसका लागि सबै एकजुट भएर क्रान्ति गरिनुपर्छ ।”
उनले वर्तमान संविधानले विभिन्न अधिकारहरुलाई मौलिक अधिकारको रुपमा ब्याख्या गरेतापनि व्यवहारमा लागू नभएकाले मौलिक अधिकार सुनिश्चितता गर्न हुने राष्ट्रियता जनतन्त्र र जनजीविकाका सवालमा हुने हरेक आन्दोलनहरुमा आम श्रमजीवि महिला एकजुट भएर लड्नुपर्ने आवश्यकतालाई औंल्याइन् ।
कानूनले दिएको निश्चित प्रतिशत राजश्व छुट पाउनका लागि पुरुषहरुले आफ्नो नामको जग्गाजमीनहरु आफ्नो श्रीमतीको नाममा गर्ने प्रचलन बढेको उल्लेख गर्दै यस्ता उनले नेता तथा कार्यकर्ताहरु हरेक पाटीहरुमा रहेको दृष्टान्त प्रस्तुत गरिन् । “मैले श्रीमतीलाई माया गरेर मेरो नामको जग्गाजमीन श्रीमतीको नाममा गरिदिएँ” भनेर कहिलेकाहीं कम्युनिष्ट पार्टीका केही नेताहरुले भन्ने गरेको घटना सुनाउँदै नेतृ सावित्री दूरा “आस्था”ले वास्तवमा त्यस्ता नेताहरुले श्रीमतीलाई माया गरेर सम्पत्ति दिएको नभई पार्टीले सम्पत्तिका बारेमा सोधीखोजी गर्छ भनेर त्यस्तो गरिएका तीतो यथार्थलाई संकेत गरिन् ।

चुनु शिल्पा साँस्कृतिक परिवारका कलाकारहरुले विभिन्न नृत्यहरु प्रस्तृत गरेको उक्त कार्यक्रम शुरु हुनुपूर्व पोखराको पृथ्वीचोक९लखनचोक०बाट शुरु भएको र्याली सृजनाचोकमा पुगेर सभामा परिणत भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: