बिग आइकनमा उत्कृष्ट पाँच, प्रतियोगिताबाट विहिबार यामबहादुर बाहिरिए

Share:

रेम बिक
पोखरा, २६ फागुन । स्याङ्जा चापाकोटका यामबहादुर नेपाली जारी बिग आइकनको ‘उत्कृष्ट ६’ राउण्डबाट बाहिरिएका छन् । यामबहादुर बाहिरिएसँगै विहिबार बिग आइकनमा उत्कृष्ट पाँच जनाबीच प्रतिस्पर्धा भएको छ ।

निर्णायक र स्रोताको मतको आधारमा यामबहादुर प्रतियोगिताबाट बाहिरिएको आयोजक बिग एफएमले जनाएको छ । बाहिरिने क्रममा यामबहादुर केहि भावुक बने । ‘म खुशी छु । र, यतिबेला मैले मेरो परिवारलाई मिस गरेको सम्झिरहेको छु ।’ यामबहादुरले भने–‘मलाई संगीतमा केहि गरोस् भन्दै मेरी आमाले २० हजार रुपैयाँ हातमा थमाएर पोखरा पठाएको पनि मैले यतिबेला सम्झिरहेको छु ।’

नेपाली हाल पोखराको ‘हाम्रो दोहोरी साँझ’मा कार्यरत छन् । उनले आगामी दिनमा पनि साँगीतिक क्षेत्रमा लागिरहने प्रतिबद्धता जनाए ।

बाहिरिने क्रममा उनले बिग एफएम र निर्णायकहरुलाई धन्यबाद ज्ञापन गरे । साथै उनले बिग आइकनका सम्पूर्ण बाँकी प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए । नेपाली बाहिरिएसँगै प्रतियोगितामा लेखनाथकी सौजन्या तामाङ, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ र संगम टोलकी प्रिया गुरुङ भिड्दैछन् ।

उत्कृष्ट ५ प्रतिस्पर्धीलाई अगाडि बढाउन स्रोताहरुले एसएमएस भोटिङ समेत गर्न सक्ने एफएमले जनाएको छ ।  जसअनुसार सौजन्या तामाङलाई भोट गर्न BIG space ST, , यामबहादुर नेपालीलाई भोट गर्न YN, निलिमा ए साङ्मालाई भोट गर्न BIG space NS, सागर आलेलाई भोट गर्न BIG space SA, सुबास गुरुङलाई भोट गर्न BIG space SG र प्रिया गुरुङलाई भोट गर्न BIG space PG  टाइप गरि ३४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

विहिबार भएको उत्कृष्ट ५ राउण्डको प्रतिस्पर्धामा हिमश्री फुड्सका संचालक प्रकाश केसीको पनि विशेष सहभागिता रहेको थियो । हिमश्री फुड्सको उत्पादन रारा चाउचाउ  बिग आइकनको ब्रट टु यु बाइ टाइटलमा एशोसियट छ । कार्यक्रममा सहभागी भएका प्रकाश केसीले बिग आइकनका सम्पूर्ण प्रतिस्पर्धीलाई शुभकामना दिए । ‘हामीले पोखरा र आसपासमा हुने फुटबल लगाएतका स्पोर्टस् इभेन्टमा व्यवसायिक सहकार्य गर्दै आएका थियौँ । साँगीतिक इभेन्टमा एशोसियट भएको यो पहिलोपटक हो । र, हामीले यो इभेन्टमा सहभागीता जनाएर निकै राम्रो काम गरेको ठानेका छौँ ।’ उनले भने ।

त्यस्तै कार्यक्रममा बिग आइकनको मेन स्पोन्सर मध्ये एक रहेको इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूटका म्यानेजिङ डिरेक्टर सन्दिप अर्याल पनि सहभागी भएका थिए । उनले बिग आइकन गायन प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च भएको बताउँदै यो पटकका प्रतिस्पर्धीहरु निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिए । ‘सबै प्रतिस्पर्धीहरु निकै उत्कृष्ट लाग्यो । एफएममा सुन्दै र टेलिभिजनमा हेर्दै आएको प्रतिस्पर्धीहरुको प्रस्तुती लाइभ हेर्न पाउँदा अझै खुशी लाग्यो ।’ उनले भने ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।

त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज  बार,  विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।

तस्वीर ः जक्शन डटकम

कमेन्ट गर्नुहोस्
Share: