संघीय गठबन्धनको बन्दले पोखरासहित देशभरको जनजीवन प्रभावित

851
0
Share:

पोखरा, २७ फागुन-
सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले आह्वान गरेको नेपाल बन्दको कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । बन्दको प्रभाव पर्यटकिय शहर पोखरा , राजधानी काठमाडौं सहित देशभर परेको छ ।

पोखराका भित्री सडकमा छिटफुट केहि सवारी चलेपनि मुख्य सडक ठप्प छन् । पोखरा नगर क्षेत्रमा सञ्चालन हुने तथा पोखरा भित्रने र वाहिरिने लामो दुरीका सवारी ठप्प छन् । बजार पसल, शैक्षिक संस्था ठप्प छन् ।

काठमाडौंमा बन्द गराउन हिँडेका ५६ जना बन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीका मुख्य चोकमा प्रहरीको उपस्थिति बाक्लो छ भने बन्दको प्रभाव सामान्य रहेको छ । तर तराईको जिल्लाहरुमा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ ।

कमेन्ट गर्नुहोस्
Share: