
पोखरा, २८ फागुन-
कञ्चनपुर घटना बिरुद्ध विप्लव माओवादीले आव्हान गरेको नेपाल बन्दको कारण पोखरा सहित देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दको कारण पोखरामा नगर क्षेत्र सहित लामो दुरीमा चल्ने कुनैपनि सवारी नचल्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।
सप्तरी घटनाको बिरुद्ध संघिय गठबन्धनले शुक्रवार गरेको नेपाल बन्द र शनिवार आव्हान गरिएको लगातारको बन्दले काम विशेषले विभिन्न स्थानमा जाने यात्रुले सास्ती खेप्नुपरेको छ ।
पोखराको सडकमा मोटरसाईकल भने चलेका छन् । बजार, पसल, कलकारखाना, शैक्षिकसंस्था सबै ठप्प छन् । बन्द गराउन सडकमा उत्रिएका एक दर्जन भन्दा बढी विप्लव माओवादीका कार्यकर्ता पोखराबाट पक्राउ परेका छन् ।
कमेन्ट गर्नुहोस्
