
फागुन २८ गते-
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
सरकारले सहिद समेत घोषणा गरिसकेका गौतमलाई ११ तोपको सलामीका साथै नेपाल प्रहरीले शोक धुन समेत बजाउने भएको छ ।
गत बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा एसएसबीको गोली लागेर गौतमको मृत्यु भएको थियो । सरकारले गौतमलाई शहिद घोषणा गरेको छ भने १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
गौतमको शव सेती अञ्चल अस्पतालमा राखिएको छ ।
कमेन्ट गर्नुहोस्
