नेपालले केन्यालार्इ यसरी जित्याे, मल्ल र ऐरीको उत्कृष्ट प्रदर्शन

Share:

फागुन ३० / आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नेपालले केन्यालाई दोस्रो खेलमा सात विकेटले हराउँदै सानदार जित दर्ता गरेको छ। शनिबार प्रतिकुल माैसमबीच भएकाे पहिलाे खेलमा ५ विकेटले हार व्यहाेरेकाे नेपाली टाेली साेमबार भने त्यसको बदला लिन सफल भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध सोमबार भएको दोस्रो खेलमा १ सय ५६ रनको विजय लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभर -१ सय १८ बल बाँकी छँदै) मा ३ विकेट गुमाउँदै पुरा गर्‍यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ८ चाैका र एक छक्कासहित ६४ रन र दीपेन्द्र सिंह ऐरी ८ चाैका र एक छक्का प्रहार गर्दै ६२ रन बनाएका थिए।  कप्तान मल्ल र दीपेन्द्रसिंह ऐरीको १ सय ११ रनको साझेदारी भएको थियो। यो केन्याबिरूद्ध नेपाली खेलाडीले बनाएको सबैभन्दा ठूलो साझेदारीसमेत हो।

केन्या विरुद्धको शनिबार पहिलो खेलमा डेब्यु गरेका ऐरीले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे। पहिलो पटक अन्तरार्ष्ट्रिय क्रिकेट खेलिरहेका ऐरी मात्र १७ वर्षका छन्। ऐरीले विस्फोटक ब्याटिङ गरका ऐरीले ८ चौका र एक छक्का प्रहार गर्दै ६२ रनमा पेभिलियन फर्किए। कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले अविजित ६४ रनको योगदान दिए ।

शरद भेषवाकर तथा महबुब आलमको दवाबमा केन्याका खेलाडी जमेर खेल्न सकेनन्। भेषवाकरकाे एक छक्का र ४ चाैकासहितकाे २४ रनकाे याेगदान पनि नेपालकाे जितमा महत्वपूर्ण रह्याे । केन्यालार्इ राेक्न क्रममा भेष्वाकरले २८ रन दिएर ४ विकेट समेत लिएका थिए।

सुनिल धमला एक तथा सागर पुन ५ रनमा आउट भएपछि नेपाली पारी धरमराएको थियो। यस क्रममा उनले एक छक्का तथा आठ चौका प्रहार गरे । यस्तै ऐरी आउट भएपछि खेल्न आएका शरद भेषवाकरले ३० दशमलव दुई ओभरको स्थितिमा छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा एक छक्का र चार चौकासहित अविजित २४ रन बनाए । बलिङतर्फ केन्याका इ ओटिनोले दुई तथा कोलिन्स ओबुयाले एक विकेट लिए ।

सोमबारको खेलमा नेपालले टस जितेर केन्यालाई ब्याटिङ निम्तो दिएको थियो। केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए। यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । कप्तान आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ रन बनाए । शरद भेषवाकरले महत्वपूर्ण चार विकेट लिए। यस्तै मेहबुब आलम र वसन्त रेग्मीले समान दुई/दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चिए । सागर पुन र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ। नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैठौं तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ।

Pic. Nagariknews

कमेन्ट गर्नुहोस्
Share: