
पोखरा, चैत्र ७,
सरकारले स्थानिय तह र्निधारण गरी कार्यान्वयनमा ल्याए पछि राजनितिक दलहरुले पनि आफ्ना संगठनात्मक स्वरुपलाई परिमार्जन गर्न थालेका छन । नयाँ संरचना अनुसारका पार्टी कमिटीहरु पनि र्निमाण हुन थालेका छन । कास्की जिल्लामा पनि नयाँ बनेका गाऊपालिका तथा नगरपालिकामा पनि बिभिन्न राजनितिक दलहरुले यस अघि भएका पार्टी कमिटीलाई परिमार्जन गर्दे नगर र गाऊपालिकाको ढाँचामा लगेका छन ।
यसैबिच नयाँ शत्ति नेपाल पार्टीको पनि कास्कीको नयाँ र्निमाण भएको रुपा गाऊ पालिकाको लागि पनि बिकल पौडेललाई संयोजक तोकेको छ । पौडेल नयाँ शक्ति निकट बिद्यार्थि संगठनमा आबद्ध थिए । स्थानिय तहको र्निबाचनका लागि माहोल बनाउने र र्निबाचनमा बिजयी बन्न काम सुरु भैसकेको पौडेलले जानकारी दिए । उमेदवार चयन तथा घरदैलो कार्यक्रम गरी जनतालाई बिकासको सपना देख्ने मात्र होईन सपना पुरा गर्ने खालको नेतृत्व चयन गर्न जोड गर्ने उनले बताए । नयाँ शक्तिले परिबर्तीत बर्तमान अबस्थामा आर्थिक संबृद्धि र दिगो बिकासको नारा अगाडी सारेको छ ।
