देशको समृद्धि एमालेले मात्रै गर्न सक्छ: अध्यक्ष पहारी

Share:

पोखरा, ११ चैत-
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले देशको समृद्धिको खाका र स्पष्ट भिजन एमालेसँग मात्रै भएको र सोको लागि उक्त पाटी मात्रै सक्छम र सवल भएको बताएका छन् ।

पहारीले एमाले नेतृत्व सरकारका लोकप्रिय कामदेखेर काँग्रेस, माओवादी अतालिएर केपी ओली नेतृत्वको सरकार ढालेको भन्दै जनतको मन मुटुमा बास गरेको पाटीलाई आगामी निर्वाचनमा जनताहरूले अत्याधिक मतका साथ बिजय गराउन आतुर भएको बताए । उनले सो कुरा पोखरा लेखनाथ महागरपालिका वडा नं. २७ को प्रथम वडा अधिवेशनको पोखरामा उद्घाटन गर्दै बताएका हुन् ।

पहारीले पोखरा लेखनाथको समृद्धिको निम्ति महानगरलाई स्मार्ट एवम् विश्वकै नमूना सहर बनाउने मिसन आफुहरूसँग भएको भन्दै सोको निम्ति पाटीका पुराना अभिभावकीय भूमिका रहेका आदरणिय नेताहरूको साथ र सहयोगमा अवको स्थानीय तह युवाहरूले हाँक्नु पर्ने भन्दै देशै भरी एमालेलाई पहिलो पाटीको रूपमा विजय गराउन कम्मर कसेर लागी पर्न आफ्ना युवासंघ सम्बद्ध नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

समग्र मुलुकको समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै उनले आगामी तीन तहकका निर्वाचनहरूमा एमालेले जनताको उच्च साथमा विजय हाँसिल गर्ने जिकिर समेत गरे ।

पोखरा लेखनाथ–२७ को सो अधिवेशनले सुविन तिमिल्सिनाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ ।
समितिका उपाध्यक्षमा देवराज देवकोटा, सचिवमा इश्वर देवकोटा, सहसचिमा नवराज न्यौपाने र कोषाध्यक्षमा अमृत सुवेदी एवम् युवा परिचालन प्रमुखमा गणेश शाही लगायत अन्य सदस्यहरू रहेका छन् । यस अघि पहारीले पोखरा लेखनाथ–३२ को युवा वडा भेलालाई समेत सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: