नेपालमा ‘युरो–४ स्ट्यान्डर्ड’डिजेल र पेट्रोलको बिक्री सुरु

Share:

काठमाडौं, १९ चैत-
नेपाल आयल निगमले आजवाट नेपालमा औपचारिक रूपमै युरो फोर स्ट्यान्डर्ड डिजेल र पेट्रोलको बिक्री सुरु गरेको छ । भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा यूरो फोर मापदण्डको तेल प्रशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको हो ।

यसअघि नेपालमा भारतवाट युरो थ्रि स्ट्यान्डर्ड तेल मात्रै विक्री हुँदै आइरहेको थियो । भारतले सन् २०२० बाट युरो सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा भारतले युरो फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: