द ब्रिटिश कलेज र सगरमाथा नेशनल कलेजबीच शैक्षिक साझेदारी

Share:

रेम बिक
पोखरा, २५ चैत-
काठमाण्डौको सगरमाथा नेशनल कलेज र यससँग सम्बन्धित भातृ शैक्षिक संस्थाका विद्यार्थीहरुले अब द ब्रिटिश कलेजमा स्नातक तह अध्ययन गर्न पाउने भएका छन् । दुई शैक्षिक संस्थाबीच आपसी समन्वयका लागि सम्झौता गरेका हुन् ।

सगरमाथा नेशनल कलेजले हाल पिर्यसन एडेक्सेलबाट आइटीमा डिप्लोमा बराबरको शैक्षिक कार्यक्रम संचालन गरिरहेको छ । यो कोर्षलाई यूके डिग्री लिने मार्गको रुपमा लिईदै आएको छ । द ब्रिटिश कलेजले यहि कार्यक्रमलाई मान्यता दिँदै सो कोर्ष गरेका विद्यार्थीलाई स्नातक तह भर्ना हुन मिल्ने वातावरण बनाएको हो । थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ले हाल यूकेको ‘लिड्स बेकेट यूनिभर्सिटी’ र ‘यूनिभर्सिटी अफ वेस्ट इंग्ल्याण्ड’को सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

नेपालमा पश्चिमा देशहरुकोे बिजनेश र आइटी आउटसोर्सिङ हब बन्ने पर्याप्त सम्भावना रहेको र त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न तीनवटै शैक्षिक संस्थाले सहकार्य गर्न लागेको सहमतीपत्रमा उल्लेख छ । ‘यो सहकार्यले नेपालमा सयौं ब्रिटिश डिग्री प्राप्त उच्च गुणस्तरीय बिजनेश र आइटी ग्य्राजुयटहरु उत्पादन गर्न सहयोग पुर्याउने छ ।’ सहमतीपछि दुवै शैक्षिक संस्थाले साझा रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

‘यो सहकार्यले विद्यार्थीहरुलाई दुवै तर्फबाट राम्रो शिक्षा आर्जन गर्न मद्धत पुग्नेछ र हामी सगरमाथा नेशनल कलेजका विद्यार्थीहरुलाई उच्च गुणस्तरीय यूके डिग्री प्राप्त गर्नको लागि यो अवसर प्रदान गर्न पाएकोमा खुशी छौं ।’ सहमतीमा हस्ताक्षर गर्दै द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले बताए । सगरमाथा नेशनल कलेजका प्राचार्य रमेश श्रेष्ठले सगरमाथा कलेजबाट आइटी पढेका विद्यार्थीहरुले द ब्रिटिश कलेज ब्याचलर गर्न पाउने अवसर पाउँदा उनीहरुले नेपालमा नै बसेर उच्च गुणस्तरको ब्रिटिश डिग्री हासिल गर्न सक्ने बताए ।

द ब्रिटिश कलेज सन् २०११ मा स्थापना भएको हो । अहिले यो कलेजमा १२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कलेजले हाल बेलायतको ‘लिड्स बेकेट कलेज’को सम्बन्धनमा ‘बिएस्सी कम्प्यूटिङ’ र ‘यूनिभर्सिटि अफ वेस्ट इंग्ल्याण्ड’को सम्बन्धनमा बिबिए शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस्तै सगरमाथा नेशनल कलेज २०१४ मा स्थापना भएको हो । यसले हाल ‘पियर्सन एडेक्सेल’बाट आइटीमा ‘बिटीइसी क्वालिफिकेसन्स लेभल ३’ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: