वडा १७ मा माओबादीको चुनावी कार्यालय

Share:

पोखरा, बैशाख १४ ।
पो.ले वडा नं १७ मा माओबादी केन्द्रको चुनावी प्रचार प्रसारको लागि सम्पर्क कार्यालय स्थापना भएको छ ।
बैशाख ३१ गतेका लागि तोकीएको नेपालको ऐतिहासिक पहिलो स्थानिय तहको र्निबाचनका लागि कास्की जिल्लामा कृयाशिल रहेका राजनितिक दलहरुले आफ्ना चुनावी कार्यक्रमका लागि सम्पर्क कार्यालयहरु स्थापना गर्ने क्रममा माओबादी केन्द्रले पनि पोखराको बिरौटा चोकमा कार्यलय स्थापना गरेको हो । कार्यलयको एक कार्यक्रम का बिच नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा क्षेत्र नं ३ का ईन्चार्ज गंगा पोखरेलले उदद्धाटन गरे ।
कार्यक्रममा माओबादी केन्द्रले वडा नं १७ मा र्निबाचन परिचालन कमिटि गठन गरेको छ । बेदनाथ भण्डारीको संयोजकत्वमा ३ सय ५२ जनाको र्निबाचन परिचालन कमिटी गठन गरिएको शंकर भण्डारीले जानाकारी दिए ।
कार्यलय उदद्धाटन कार्यक्रममा पार्टीका जिल्ला सल्लाहकार लालकाजि गुरुङ्ग,माओबादी केन्द्रका वडा नं ७ र ९ का क्रमश सुर्य बहादुर कार्की र बम बहादुर कार्की, वाई.सि.एल कास्कीका सह– ईन्चार्ज नविन गुरुङ्ग, अखिल नेपाली क्रान्तिकारी महिला संघ कास्कीको अध्यक्ष कल्पना पाण्डे लगायतले माओबादी केन्द्रको नेतृत्वमा मात्र अधिकार सम्पन्न स्थानिय तह सस्थागत हुने बताए । बक्ताहरुले आउदै गरेको र्निर्बाचनमा माओबादीलाई बिजयी गराई निति अनुसारको नेतृत्व दिन सबैलाई आग्रह गरे । अहिले माओबादीकै सचेत पहलमा स्थानिय तह बनेको भन्दै उनिहरुले पुरानै अधिकार बिहिन स्थानिय निकाय र्निबाचन गरौ भन्ने दलहरुको नेतृत्वमा स्थानिय तहलाई लैजान नहुने उनिहरुको भनाई थियो ।
वडा नं १७ मा माओबादी केन्द्रको तर्फ बाट अध्यक्ष पदको उमेदवारका लागि मनुमाया खत्री , ओम बहादुर पौडेल र शंकर भण्डारीको नाम सिफारिस गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: