
पोखरा ३० बैशाख । मतदानको अघिल्लो दिन पोखराको ब्यस्त बजार क्षेत्र सभागृहचोकमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले निश्क्रिय पारेको छ । सडक किनारको रेलिङमा झोला भित्र राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले नष्ट गरेको हो ।
स्थानीय बटुवाले तार वाहिर निकालिएको अबस्थामा संकास्पद झोला देखिएपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । विहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संसास्पद झोला राखिएको स्थान वरपर सुरक्षा दिएको थियो । त्यसपछि कालिभञ्जन गण स्थित बम डिस्पोजल टोलीलाई खबर गरेपछि सेनाको टोली आएर बम निश्क्रिय पारेको हो ।
बम राख्ने समुहको पहिचान भएको छैन । यद्यपी बिप्लब नेतृत्वको पार्टीले निर्वाचनको विरोध गर्दै आज नेपाल बन्द गरेकाले पनि सोहि समुहले राखेको हुनसक्ने आशंका गरिएको छ । यसअघि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ स्थित ताल बाराही स्कुल मतदान स्थलमा पनि सुतली बम बिष्फोट गराइएको थियो ।
निर्वाचनको बिरुद्धमा भैरहेका गतिबिधिबाट मतदाता भने त्रसित बनेको छन् । तर स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारिएको दावि गरेको छ ।
Peacepokhara.com
