पोखरा १५ साउन । शुक्रबारदेखि पोखरामा मह जात्रा सुरु हुदै छ । विगत आठ वर्षदेखि नेपाली रगंमञ्चबाट टाढिएको मह जात्राले निरन्तरता पाएपछि पोखरेली दर्शकले पनि हेर्ने अवसर पाएका हुन् । नेपाली हास्यब्यग्य विद्याका शिखर पुरुष द्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायसंगै थुपै कलाकारले चार दिन सम्म पोखरेली दर्शकलाई हसाउने छन् ।
समाजमा रहेका समाजमा रहेका विकृति, विसंगती र राजनीतिकमा भित्रिएका कुसंस्कृतीका लगायतमा ब्यग्य र चेतना मह जात्रामा प्रस्तुत गरिने छ । काठमाडौमा २६ दिनको सफलता पछि पोखरामा विभिन्न संघस्थाको आयोजनामा उक्त कार्यक्रम प्रर्दशन गर्न लागिएको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा कलाकार राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, शिवहरी पौडेल, दिलिप रायमाझी, मोहित वंश आचार्य, यमन श्रेष्ठ लगायतको प्रस्तुती रहने छ । कार्यक्रममा प्रवेशका लागी १५ सय, १ हजार, ५ सय र तिन सय रुपैयाँ दरका टिकटको ब्यवस्था गरिएको छ । २ घण्टा ४५ मिनेट चल्ने कार्यक्रममा सवै खाले क्यामेरा प्रतिबन्ध गरिएको छ ।
प्रविधिको कारण रगंमञ्चको कार्यक्रम गर्न कठिन भएको गुनासो गदै बरिष्ठ कलाकार हरिवंश आर्चायले सवै प्रकारका क्यामेरा प्रतिबन्ध गरिएको बताए । हामीलाई प्रविधिका कारण पनि रगंमञ्चमा आउन कठिन भयो । कार्यक्रम खिचेर यूवटयूवमा राखिने कारणले समस्या भयो । ‘महिनौ लगाएर तयार पारिएको कार्यक्रम क्यामेरा, मोवाइलबाट खिचेर यूवटयूवमा राखिदिएपछि दर्शकहरु हेर्न नआउने,कलाको मुल्य नहुने, दोहोरीने भएकाले त्यसको महत्व घटछ ।’ उनले पोखरामा संचालन हुने मह जात्राको कुनै पनि कार्यक्रममा भिडियो क्यामेराबाट भिडियो नखिचिदिन आग्रह गरे ।
त्यस्तै अर्क बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले पनि भिडियो क्यामरा र मोवाइलबाट नखिच्न आग्रह गरे । उनले आफनो मेहनतलाई समाजिक संजालहरुमा राख्दा समस्या भएपछि रगंमञ्चलाई छाडेर टेलिश्रृखला तर्फ लागेको बताए । उनले आफुहरुले श्रेष्ठले मह जात्रा ३४ वर्षको सह यात्राको उपलब्धि भएको बताए । ‘मह जात्राको दुई दिनको आयोजक लायन्स क्लब अफ अन्नपूर्णका अध्यक्ष यदुनाथ अधिकारले मह जात्राको आयोजना गर्न पाउदा खुशी लागेको बताए । उनले राष्ट्रका भक्त र इमान्दार कलाकारको कार्यक्रमबाट बचत रकम विद्यालयलाई हस्तान्तरण गरिने बताए । उनका अनुसार स्याङजाको बालिङमा रहेको प्रगती प्राविलाई सहयोग गरिने जानकारी दिए ।
