पोखरा १५ साउन । पोखराको पृथ्वीचोकका स्थानीयबासीले ६ दिनदेखि विजुली नआए पछि विद्युत प्राधिकरण पोखरा कार्यालयमा १ घण्टा ताला बन्दि गरेका छन् ।
उनिहरुले १ घण्टा ताला बन्दि गरे पछि विद्युत प्राधिकरण पोखराका कर्मचारीहरु आज साझँ ८ बजे सम्ममा विद्युत दिने बताए पछि उनिहरुले ताला खुल्दीएका थिए ।
पृथ्वीचोकस्थित ट्रान्सफर्मर विग्रिदा पोखराको पृथ्वीचोकका बासीन्दा ६ दिन देखि अन्धकारमा बस्न बाध्य भएका थिए । शनिवार राती विग्रेको ट्रान्सफर्मर नबन्दा पृथ्वीचोक, नागढुङ्गा र एयरपोर्टबासी अन्धकारमा बन्न बाध्य भएका छन् ।
पोखरा मुख्य बजारमा ६ दिन देखि विद्युत नहुदा व्यासयी र स्थानीय बासीन्दा दुबैलाई असजिलो भएको बताएका थिए । नेपाल विद्युत प्राधिकरणले विग्रेको ट्रान्सफर्मर बनाउन पठाएको र जर्गेडा ट्रान्सफर्मर नहुदा विद्युत सेवा चाँडो दिन नसकेको जानकारी दिएको छ ।
