पोखरा १४ मा एमाले प्यानल विजयी (मत परिणाम सहित)

Share:

पोखरा ६ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । शनिवार साझ सम्पन्न मतगणना अनुसार नेकपा एमालेको तर्फबाट उम्मेदवार प्रेम बहादुर कार्की क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले १८०६ मत ल्याएर जित हात पार्दा निकटतम प्रतिद्धन्दी कांग्रेसका बोध बहादुर कार्कीले १६७४ मत ल्याए ।

सो वडाको महिला सदस्यमा यशोदा केसी भट्टराई र दलित महिला सदस्यमा सुन कमली कामी निर्वाचित भए । भट्टराईले १७६० मत प्राप्त गर्दा कामीले १७३९ मत सहित निर्वाचित भएका हुन् । त्यस्तै खुल्ला दुई सदस्यमा जितेन्द्र जंग थापा १५०९ र ढोल बहादुर गुरुङ १५०६ मत सहित विजयी भएका छन् । एमालेले प्यानल सहित जित हात पारेको यो छैटौ वडा हो । यो सँगै एमालेले पोखरा लेखनाथ महानगरको १५ वडाको नतिजा सार्वजनिक हुदा ७ वटा वडामा जित हात पारेको छ ।

कमेन्ट गर्नुहोस्
Share: